शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • जगन्नाथ
  • जगन्नाथकाे पाल्त्याडी बस्तीका ४६ घरपरिवारलाई ओसताेलीमा सारिदै‍‍

जगन्नाथकाे पाल्त्याडी बस्तीका ४६ घरपरिवारलाई ओसताेलीमा सारिदै‍‍

  • आइतवार, चैत्र ४, २०८०
जगन्नाथकाे पाल्त्याडी बस्तीका ४६ घरपरिवारलाई ओसताेलीमा सारिदै‍‍

बाजुरा — बाजुराकाे जगन्नाथ गाउँपालिका ६ पाल्त्याडीका पहिराेबाट जाेखिम बस्ती स्थानान्तरण गरिएकाे छ । २०७९ असोज १९ देखि २५ गतेसम्म आएको अविरल बर्षाका कारण पहिराे गएर जाेखिममा रहेकाे बस्तीलाई स्थानान्तरण गरिएकाे हाे ।

No description available.

पहिराेका कारण विस्थापित भएका ४६ घरपरिवारलाई स्थानान्तरण गरिएकाे जगन्नाथ गाउँपालिकाका अध्यक्ष काली बहादुर शाहीले बताएका छन् । पहिले देखि बस्दै आएकाे पाल्त्याडी भन्ने ठाउँ जाेखिम भएकाेले बस्ती सुरक्षित ठाउँमा सारिएकाे अध्यक्ष शाहीले बताए ।

गाउँपालिकाले बाढी पहिराेले पुर्ण रूपमा क्षेती भएका १ सय १० घर पुनःनिर्माणकाे काम सुरू भएकाे जगन्नाथ गाउँपालिकाका प्रवक्ता गणेशराज गिरीले बताएका छन् । पालिकाभित्र जाेखिममा रहेका घर परिवारहरूकाे पहिचान गरि पुनःनिर्माणकाे कार्य थालनी गरिएकाे प्रवक्ता गिरीले बताए । पुनःनिर्माण प्राधिकरण र गाउँपालिकाको सहयोगमा पालिका भरिका १ सय १० वटा घर निर्माण कार्य भैरहेको प्रवक्ता गिरीले बताएका छन् । जसमध्ये गाउँपालिकाकाे वडा नः ६ पाल्त्याबाडीका जोखिमपुर्ण बस्तीका ४६ वटा घरहरु ओसतोली भन्ने ठाउँमा स्थानान्तरण गरिएको गाउँपालिकाले जनाएकाे छ । निर्माणाधिन घरहरुको पहिलो किस्ता रकम भुक्तानी भैसकेको र दोस्रो किस्ता भुक्तानीको प्रक्रिया अन्तिम चरणमा रहेकाे गिरीले बताए । भुकम्पबाट क्षेती भएका घरहरूकाे लागत संकलन गरि पठाएकाे र निर्माणका लागि पहल भईरहेकाे गाउँपालिकाले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार