सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • क्रिकेट
  • त्रिकोणात्मक सिरिज : पिएनजीलाई ८५ रनले पराजित गर्दै नेपाल फाइनलमा

त्रिकोणात्मक सिरिज : पिएनजीलाई ८५ रनले पराजित गर्दै नेपाल फाइनलमा

  • मङ्लबार, फाल्गुन २९, २०८०
त्रिकोणात्मक सिरिज : पिएनजीलाई ८५ रनले पराजित गर्दै नेपाल फाइनलमा

काठमाडौं — हङकङमा जारी त्रिकोणात्मक सिरिजमा पिएनजीलाई ८५ रनले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो। मंगलबार बिहान १९९ रनको लक्ष्य पछ्याएको पिएनजीले १६.१ ओभरमा ११३ रन बनाएर अलआउट भएको हो।

पिएजीविरुद्ध नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ४ विकेट, प्रतिक जिसीले २ विकेट, गुलसन झा, आकाश चन्दले १/१ विकेट लिए।

पिएनजीका लागि हिरी हिरीको २८ रन, सेसे बाउले २१ रन, टोनी उराले १३ रन र नोसेना पोकानाले १२ को योगदान गरे। अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।

यस अगाडि पपुवा न्युगिनीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङको निम्तो पाएको नेपालका लागि ओपनर कुशल भुर्तेल र सन्दीप जोराले अर्धशतकमा प्रहार गरे।

नेपालका लागि भुर्तेलले ५९ रन, जोराले ५६ रन, बिनोद भण्डारीले २७ रन, गुलसन झाले १५ रन , लोकेश बमले १४ रन, विवेक यादवले १९ रनको योगदान गरे। गुलसन र विवेक अविजित रहँदा कप्तान रोहित पौडेलले १ रन र आरिफ शेखले ४ रनको मात्र योगदान गर्न सके।

पिएनजीका असाद भालाले २ विकेट र जोन कारिको, नोर्मन भनुआ र नोसेना पोकानाले १/१ विकेट लिए ।

आइतबार बर्षाले खेल प्रभावित भएपछि नेपाल र हङकङले अंक बाँडेका थिए। हङकङस्थित टिनक्वङ रोड खेल मैदानमा हङकङले ८ ओभरको समाप्तिमा २ विकेट गुमाएर ६५ रन बनाएपछि खेल प्रभावित भएको हो। आजै पिएनजी र हङकङबीच पनि खेल हुनेछ। उक्त खेलमा विजेता टोली फाइनल प्रवेश गर्नेछ। फाइनल खेल बुधबार हुने कार्यतालिका छ।

चर्चामा

सम्बन्धित समाचार