• होमपेज
  • बाजुरा बिशेष
  • नेपाली सेना दिवसको अवसरमा आयाेजित यूनिटी रन

नेपाली सेना दिवसको अवसरमा आयाेजित यूनिटी रन

  • बिहिबार, फाल्गुन २४, २०८०
नेपाली सेना दिवसको अवसरमा  आयाेजित यूनिटी रन

बाजुरा — नेपाली सेनाको २६१ औं बार्षिकोत्सवको अवसरमा बाजुरामा युनिटी रन २०८० को आयोजना गरिएको छ । यूनिटी रनमा (१० किमी दौड)को आयोजना गरिएको हो । दुर्गाभन्जन गुल्मको आयोजनामा युनिटी रन २०८० सञ्चालन गरिएको दुर्गाभन्जन गुल्मका गुल्मपती धर्मेन्द्र बहादु सिहंले बताए । महाशिवरात्री तथा नेपाली सेनाको स्थापना दिवसको अवसर पार्दै युनिटी रन आयोजना गरेको गुल्मपती सिहंले बताएका छन ।
दुर्गाभन्जन गुल्मद्धारा आयोजित यूनिटी रनमा जिल्ला स्थित सुरक्षा निकाय र सर्बसाधारणको सहभागीता रहेको थियो । जसमा यूनिटी रनको प्रथम नेपाली सेनाका जवान अर्जुन सिहं खत्री भएका थिए ।  द्धितिय केशवराज भट्ट र तेस्रोमा अनिस बुढा भएका थिए । जसमा पहिलो पुरस्कार १० हजार ५ सय ५५ रहेको थियो द्धितिय ८ हजार ५ सय ५५ र तेस्रो बिजेताका पुरस्कार राशि ५ हजार ५ सय ५५ रहेको दुर्गाभन्जन गुल्मले जनाएकाे छ ।
उक्त युनिटी रनमा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्नेलाई नगद पुरस्कार तथा प्रमाण पत्र तथा चौथो देखी दशौँ हुने रनरहरुलाइ सान्त्वना पुरस्कार र प्रमाण पत्र साथै सहभागीलाई युनिटी रनको टिसर्ट र प्रमाण पत्र प्रदान गरिएको दुर्गाभन्जन गुल्म बाजुराले जनाएको छ । कार्यक्रमकाे सहयाेग सुर्यजाेती लाइफ इन्सुरेन्स बिमा कम्पनी,गिफ्ट नेपाल र पिसवीन बाजुराकाे रहेकाे थियाे ।

कार्यक्रममा बडिमालिका नगरपालिका उपप्रमुख नन्दा कुमारी थापा, प्रमुख जिल्ला अधिकारी भिमकान्त पाैडेल, बडिमालिका नगरपालिका ८ का वडा अध्यक्ष चन्द थापा, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधी सरकारी कार्यालय प्रमुख तथा प्रतिनधी , पत्रकार लगायतकाे उपस्थिती रहेकाे थियाे ।

चर्चामा

सम्बन्धित समाचार