सोमवार, जेष्ठ १४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • सरकार फेरवदलकाे चपेटामा जडाङ्गाकाे बेलिबृज, सार्न अनिश्चत

सरकार फेरवदलकाे चपेटामा जडाङ्गाकाे बेलिबृज, सार्न अनिश्चत

दानसाघुमा सार्ने भनिएकाे बेलिबृज जडाङ्गामै अड्कियाे

  • बुधबार, फाल्गुन २३, २०८०
सरकार फेरवदलकाे चपेटामा जडाङ्गाकाे बेलिबृज, सार्न अनिश्चत

बाजुरा — सरकार फेरबदलको चपेटामा बाजुराको साँफे मार्तडी सडकमा रहेको बेलिबृज पर्ने भएको छ । केन्द्रयि राजनितीको तरङ्ग प्रदेशमा परेसंगै बेलिबृज सार्ने निणर्य पनि अनिश्चित भएको हो । साँफे मार्तडी सडक खण्ड अन्तर्गत जडाङ्गामा मोटरेवल पक्की पुल निर्माण भएपश्चात सो ठाउँमा रहेको बेलिबृज मार्तडी कोल्टी सडकखण्ड अन्तरगत कोल्टीको दानसाँघुमा सार्ने निणर्य भएको थियो ।
सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले बजेट ब्यबस्थापनको आस्वासन दिएका थिए तर शाहीको मन्त्री पद नै रहने वा नरहने भन्ने अलमल संगै बेलिबृजको काम नहुने निश्चीत बनेको छ । प्रदेश सरकार पनि हेरफेर हुने वा नहुने अनिणर्यको असर बेलिबृजमा पर्ने भएको हाे।
जिल्ला प्रशासन कार्यालय बाजुरामा एक हप्ता अघि सर्बपक्षिय बैठकले प्रदेश सरकारसंग बजेट माग गर्ने निणर्य गरिए पठाएको प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताएका छन । बेलीबृजको कार्य यो सरकार परिर्वतन संगै अन्यौलमा रहेको प्रजिअ पौडलले भने । जिल्लामा रहेका  बर्तमान सांसद निबर्तमान सांसदहरुको चासो बढेको भए पनि सो बेलिबृज दानसाघु खोलामा सार्ने प्रयास असफल हुदै आएकाे छ ।
“प्रदेश मन्त्री नरेश कुमार शाहीले बजेटको आस्वासन दिएर निणर्य गरि पठाएका छौ काम हुने नहुने कुनै जानकारी नभएको प्रमुख जिल्ला अधिकारी पौडेलले भने  ।
माघ १८ गते जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम राेकायाकाे अध्यक्षतामा संघिय सांसद बद्रि पाण्डेको प्रमुख आतिथ्य र जिल्लाका नौ ओटै स्थानिय तहका प्रमुख अध्यक्षहरुको समन्वय बैठकले पनि सो बेलिबृज सार्ने र प्रदेश सरकारसंग बजेट शुनिश्चतताका लागि पहल गर्ने निणर्य समेत भएको थियो । बेलिबृज सार्ने भन्ने निणर्य धेरै भए तर कार्यानवयन भने हुन सकेको छैन् । सडक डिभिजन कार्यलय साँफेबगरले जडाङ्गा बेलिब्रिज निर्माणका लागि १ करोड ८८ लाख खर्च गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार