आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिकाका कर्मचारी बिबाद : अनुसन्धन नभएसम्म हाजिर लगाउन नपाईने

बडिमालिकाका कर्मचारी बिबाद : अनुसन्धन नभएसम्म हाजिर लगाउन नपाईने

  • आइतवार, फाल्गुन २०, २०८०
बडिमालिकाका कर्मचारी बिबाद : अनुसन्धन नभएसम्म हाजिर लगाउन नपाईने

बाजुरा– जिल्लाको बडिमालिका नगरपालिकामा भएको बिबादमा परेका कर्मचारीहरुलाई हाजिर लगाउन नदिने भएको छ । मेड्पा परियोजनाका कर्मचारी रंजिता शाही र कबिता सुर्यबंसीको आपसी बिबादलाईलाई आबस्यक अनुसन्धन गरि कार्बाही प्रक्रिया अगाडी बढाइने भएको हो । शुक्रबार दिउँसो कार्यालय समयमै शाही र सुर्यबंसीमाथी हातपात गरी बिबादमा आएको कुराको आबस्यक अनुसन्धन गरि कार्बाहीका लागि अगि बढ्ने नगरपालिकाले जनाएकाे छ । पालिकाको मेड्पा परियोजनामा कार्यरत कर्मचारी शाही र सुर्यबंसी लाई हाजिर नलगाउन भनिएको र र भिडीयो बनाउने कर्मचारीको आबस्यक अनुसन्धन गरि कार्बाहीको दायरामा ल्याउन नगरपालिका अघि सरेको श्राेतले जनाएकाे छ।
सो समयमा भिडीयो खिच्ने र सामाजिका संजालमा ल्याउने कर्मचारीको पनि अनुसन्धन हुने भएको छ । कमजोरी कस्को हो, दोषीले सजाय र निर्दोशीले न्याय पाउने गरि छानवीन गरिने नगरपालिकाले जनाएकाे छ ।
मेड्पा कार्यक्रममा कार्यरत दुई कर्मचारीबीच कुटाकुट भएपछि आबस्यक अनुसन्धन गर्न नगरपालिकाको कार्यपालिकाले निणर्य गरेको नगरपालिकाले जनाएको छ । सो घटना अहिले सामाजिक सञ्जालमा भाइरल भईरहेको छ । मेड्पा परियोजना प्रमुख रन्जीता शाही र अर्का कर्मचारी कविता सूर्यबंशी बीच परियोजनाकै बारेमा आपसी विवाद बढेपछि कुटाकुट भएको श्रोतले जनाएको छ । दुबैजना एउटै परियोजना र एउटै शाखामा कार्यरत कर्मचारी हुन् ।

चर्चामा

सम्बन्धित समाचार