सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बडिमालिका
  • मृत्युको मुखमा पुगेकी बाजुराकी जेशीकाको पुर्नजन्म

मृत्युको मुखमा पुगेकी बाजुराकी जेशीकाको पुर्नजन्म

  • बुधबार, फाल्गुन १६, २०८०
मृत्युको मुखमा पुगेकी बाजुराकी जेशीकाको पुर्नजन्म

बाजुरा– बाजुराको बडिमालिका नगरपालिका ५ मनाकी ९ बर्षिय जेसिका साउँद बचाउन सफल भएकाे डा.सुरेन्द्र बस्नेत सुनाउदै थिए । बस्नेतले भने आफ्नो टिम, जेसिकाकी आमा तथा आफन्तलाई यो जलेको केश नेपालमा बाच्न सक्ने निकै न्युन हुन्छ, यो अबस्था बाँचेको सम्भबत धेरै कम मध्ये जेसीका एक भएको वताए । डा. बस्नेत किस्ट मेडिकल कलेजका प्लास्टिक सर्जन, सिनियर कन्सलटेन्ट तथा प्रोफेसर हुन् ।
जेसिकाको ३५ प्रतिशत (डिपोबोन) शरिर जलेको थियो । जिल्ला अस्पताल बाजुराबाट रिफर हुँदै उनलाइ उपचारका लागि काठमाडौ पुगाइएको थियो । निकै जोखिम अबस्थामा उनलाइ किस्ट मेडिकल कलेजमा भर्ना गरेर उपचार गरेको थियो । भर्ना गर्ने बेला चिकित्सक बस्नेतको टिमले आमालाइ बाच्ने आश निकै कम छ तैपनि प्रयास गर्छौ भनेका थिए । अस्पतालमा चिकित्सको निरन्तर प्रयासले जेसिकालाई मृत्युको मुख बाट बचाउन सफल भएका छन् ।
डा. बस्नेत सँगै प्लास्टिक सर्जन डा. कृष्ण कुमार नगरकोटी लगायत स्वास्थ्यकर्मीको टिम उपचारमा खटिएको थियो । जेसिकाको ४ वटा ठुला र १२ वटा साना अप्रेसन भएको थियो । उनको छाति, अगाडि र पछाडीको भाग जलेको थियो । डा. बस्नेतले भने यो अबस्थाको बोनको उपचार नेपालमा उपचार हुने सम्भाबना निकै न्युन रहेको थियो, भारतका सुबिधा सम्पन्न अस्पतालमा लिन आफन्त सँगै पैसा थिएन्, हामीले जोखिम लिएर उपचार गर्यौ, उनलाइ पुर्नजन्म दिन सफल भएको वताए ।
जेसिकाको उपचारमा बडिमालिका फाउन्डेसन नेपालको समन्वयमा मेडिकल पुर्नस्थापना केन्द्र काठमाडौले सहयोग गरिरहेको छ । जेसिकाको मेडिकल पुर्नस्थापना केन्द्र काठमाडौले केही शुल्क तिरेको थियो । किस्ट मेडिकल कलेजले पनि धेरै शुल्कमा छुट गरेको थियो ।
जेसिकालाइ जिल्ला अस्पताल बाजुराले रिफर गरेको थियो तर पैसा नहुँदा अस्पतालमै अलपत्र थिइन् । उनि अलपत्र रहेको जानकारी पछि बडिमालिका फाउन्डेसन नेपाल र मेडिकल पुर्नस्थापना केन्द्र काठमाडौले उद्धार गरेर काठमाडौ लगिएकाे थियो । केन्द्रले किस्ट मेडिकल कलेजसँग सहकार्यमा उपचार शुरु गरेको मेडिकल पुर्नस्थापना केन्द्रका अध्यक्ष सम्राट सिंह बस्नेतले वताए ।
सबै पैसा तिरे जेसिकाको उपचारमा लाखौ खर्च हुने थियो, केही अस्पतालले सहुलित गर्दा पनि ४ लाख बढी खर्च भइसकेको बस्नेतले वताए । अस्पतालले न्युनतम शुल्कमा निकै गुणस्तर सेवा दिएको उनको भनाइ रहेको छ । जेसिका खान पकाउने बेला आगोमा जलेर घाइते भएकी थिइन । जेसिकाकी आमा पवित्रा साउँदले उनलाइ जिल्ला अस्पताल बाजुरामा उपचारका लागि पुगाइन । अस्पताल बाजुराले बालिका धेरै जोखिम रहेको भन्दै काठमाडौमा रिफर गरेको थियो । पवित्रासँग काठमाडौ लिन पैसा नभएर सहयोगिलाइ हारगुहार गरेकी थिइन् ।
पवित्राका श्रीमान रोजगारको लागि मलेसिया गएका थिए । गत असोज देखि श्रीमान सम्पर्कमा नरहेको पबित्रा साउँदले बताईन । पवित्राले खुशी हुदै भनिन्, आफुसँग पैसा थिएन्, मरेकी छोरी बचाइ दिएकोमा सबैलाइ धन्यवाद दिएकी छन् ।
डा. सुरेन्द्र बस्नेतले भने आफुले धेरै जलेको बिरामीको उपचार गरे तर यो अबस्थामा पुगेको बाचेको पहिलो घटना भएको वताए । बचाउने आश थिएन, उपचार गरयौ, तर उनि बाँच्दा जिवनको सबैभन्दा ठुलो खुशी भएको वताए । पैसा कमाउने अर्कोपाटो हो त्यो भन्दा हाम्रो काम उपचार सेवा गर्ने पहिलो काम भएको बस्नेतले थपे ।
जलेका धेरै बिरामी उपचार कहाँ हुन्छ कता लिने भन्ने थाहा पनि हुदैन्, अर्को पैसा नहुदा ग्रामिण क्षेत्रमा जलेका बिरामी कम बाच्ने गरेको समाजसेवि देबेन्द्र गुरुङले वताए । पछिल्लो समय किस्ट मेडिकल कलेजका डा.सुरेन्द्र बस्नेतको टिमले धेरै जलेको बिरामीलाइ उपचार गरेर बचाएको बस्नेतले वताए । जलेको बिरामीलाइ उपचारका लागि मल्टि सेन्टर आबश्यक पर्छ, किस्ट मेडिकल कलेजमा त्यो सेवा रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार