शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • जगन्नाथ
  • बाजुरा स्वामिकार्तिकको बेर्मा-बालुवा जोडने पुलका लागि बजेट स्वीकृत

बाजुरा स्वामिकार्तिकको बेर्मा-बालुवा जोडने पुलका लागि बजेट स्वीकृत

  • मङ्लबार, फाल्गुन १५, २०८०
बाजुरा स्वामिकार्तिकको बेर्मा-बालुवा जोडने पुलका लागि बजेट स्वीकृत

बाजुरा– बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका र जगन्नाथ गाउँपालिका जोड्ने बेर्मा-बालुवा झोलुङ्गे पुल निर्माणका लागि बजेट स्वीकृत भएको छ । सो पुल निर्माणका लागि अर्थ मन्त्रालयबाट तीन करोड बजेट व्यवावस्थापन भएको स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरत रोकायाले बताएका छन् । २०७९ असोज १९ गते आएको अबिरल बर्षाका कारण कणर्ालीमा रहेको बेर्मा- बालुवा जोड्ने पुल बगाएको थियो ।
बेर्मा-बालुवा पुल बगाउँदा स्वामिकार्तिक १,२ र जगन्नाथ गाउँपालिकाका नागरिकलाई आवतजावतमा समस्या भएको थियो । बेर्मा-बालुवा जोड्ने सो पुल निर्माण हुने भएपछि त्याँहाका स्थानियहरुले खुसी व्यक्त गरेका छन् ।
सो पुल निर्माणका लागि गाउँपालिका अध्यक्ष रोकाया पटक पटक मन्त्रालय धाइरहेका थिए । अध्यक्ष रोकायाका अनुसार बेर्मा-बालुवा जोडने ३ सय मिटर लामो झोलुङ्गे पुल निर्माणका लागि केहि दिनमा टेण्डर हुने बताएका छन् ।

कर्णाली नदिले झोलुंगे पुल बगाउदा स्वामीकार्तिक खापर गाउँपालिका १ र २ साप्पाटा बजारबाट बिच्छेद भएको थियाे । स्वामिकार्तिक खापर गाउँपालिका र जगन्नाथ गाउँपालिका जोड्ने कर्णाली नदिको  रहेको साे झोलुंगे पुल बगाएपपछि साप्पाटाका १ हजार घरपविार बजारको पहुँच भन्दा टाढा रहेको गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाले वताएका छन् ।
साप्पाटा बाट जगन्नाथ गाउँपालिकाको बेर्मा बजार आउने झोलुंगे पुल कर्णाली नदिले बगाएपछि स्थानिय बजारको पहुँच सँगै आवतजावतमा समस्या भएको स्थानिय शिक्षक धन बहादुर धामीले वताएका छन् । साप्पाटाको मुक्तिकोट गाउँ सबै भन्दा बढी गरिब गाउँ हो ।

चर्चामा

सम्बन्धित समाचार