बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • कर्णालीमा पुल बगाउदा बजारबाट बिच्छेद बाजुराको साप्पाटा

कर्णालीमा पुल बगाउदा बजारबाट बिच्छेद बाजुराको साप्पाटा

  • बिहिबार, कार्तिक ३, २०७९
कर्णालीमा पुल बगाउदा बजारबाट बिच्छेद बाजुराको साप्पाटा

बाजुरा–कर्णाली नदिले झोलुंगे पुल बगाउदा स्वामीकार्तिक खापर गाउँपालिका १ र २ साप्पाटा बजारबाट बिच्छेद भएको छ ।
स्वामिकार्तिक खापर गाउँपालिका र जगन्नाथ गाउँपालिका जोड्ने कर्णाली नदिको भैसागाडमा रहेको झोलुंगे पुल बगाएपपछि साप्पाटाका १ हजार घरपविार बजारको पहुँच भन्दा टाढा रहेको गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाले वताएका छन् ।
साप्पाटा बाट जगन्नाथ गाउँपालिकाको बेर्मा बजार आउने झोलुंगे पुल कर्णाली नदिले बगाएपछि स्थानिय बजारको पहुँच सँगै आवतजावतमा समस्या भएको स्थानिय शिक्षक धन बहादुर धामीले वताएका छन् । साप्पाटाको मुक्तिकोट गाउँ सबै भन्दा बढी गरिब गाउँ हो । ४ सय परिवार बजारको खाद्यन्नमा निर्भर रहने गरेका छन्, बजार जाने पुलनै बगाएपछि गाउँमा खाद्यन्न संकट हुने अबस्थामा पुगेको धामीले वताए ।
बेर्मा बजार पुग्न एक घण्टा देखी बढीमा तिन घण्टा लाग्ने गरेको थियो, अब भने धेरै टाढा बाट घुमेर जानुपर्ने रहेको गाउँपालिका अध्यक्ष रोकायाले वताएका छन् । झोलुंगे पुलको ब्यबस्थापनका लागि पहल भइरहेको भएपनि अहिले पुल निर्माण गर्न निकै कम सम्भाबना भएको अध्यक्षले वताए ।
गाउँमा बिरामी पर्दा उपचारका लागि बाहिर लिन निकै समस्या भएको छ । बजारको पहुँच बाट गाउँ टाढा रहेपछि गाउँमा संकट उत्पन्न भएको स्थानिय डबल बहादुर बिकले वताएका छन् ।
कर्णाली नदिमा पानि बढेपछि २०५२ सालमा निर्माण भएको पुल बगाएको हो । झोलुंगे पुल बगाउदा स्वामिकार्तिक खापर गाउँपालिका १ र २ जगन्नाथ गाउँपालिका ३, ४ र ५ का बासिन्दालाइ आवतजावत बन्द भएको स्थानियले वताए ।
लगातारको अबिरल बर्षाले कर्णाली नदिमा रहेका झोलुंगे पुल बगाएको छ । कर्णाली नदिमा रहेका हुम्ला, मुगु, बाजुरा, कालिकोट, अछाम र दैलेखमा रहेका दर्जन भन्दा बढी झोलुंगे पुल बगाएको छ ।
झोलुंगे पुल बगाए सँगै कर्णाली नदिमा रहेका बस्ति बिस्थापित भएका छन् । खेतियोग्य जमिन कटान गरेर बगरमा परिणत गरेको छ । कर्णालीको पारिका वाई वाधु जोड्ने पुल, गोत्रि साप्पाटा पुल, रुगिन मुगु बाजुरा हुम्ला जोडने आधा दर्जन पुल जोखिममा रहेको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले वताएका छन् ।
बाजुरा जिल्लाका दर्जनौ झोलंगे पुलहरु बाढि पहिराको जोखिममा रहेका छन् । बर्षौ पुराना पुलहरु जिर्ण हुनुका साथै बाढि पहिरोको कारण जोखिम बनेका हुन् । पुलहरु जोखिममा बन्नाले आवत जावतमा समस्या भएको छ जिल्ला समन्वय समितिको तथ्याङ्कमा जिल्लामा ६५ वटा झोलुंगे पुल रहेका छन् । अधिंकाश पुले जिर्ण र जोखिममा रहेका छन् ।
दशकौ पुराना र थोत्रा रहेका झोलुंगे पुलहरु बर्षातको समयमा बाढि र पहिरोको जोखिममा हुने गरेका छन् । आठ बर्ष केन्द्र बाट बिज्ञहरुको टोलि आएर यहाँका पुलहरु जोखिममा रहेको भन्दै पुलमा खतराको संकेत समेत लगाएर गएको छ । तर मर्मत गर्न भने कसैको ध्यान नगएको पाईएको छ ।

चर्चामा

सम्बन्धित समाचार