शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराका १३ हजार बालबालिकालाइ आजदेखी दादुरा र रुबेला खोप लगाइदै

बाजुराका १३ हजार बालबालिकालाइ आजदेखी दादुरा र रुबेला खोप लगाइदै

  • आइतवार, फाल्गुन १३, २०८०
बाजुराका १३ हजार बालबालिकालाइ आजदेखी दादुरा र रुबेला खोप लगाइदै

बाजुरा– बाजुरामा आज फागुन १३ गतेबाट दादुरा रुबेला खोप अभियान चल्ने भएको छ । राष्ट्रिय अभियानका रुपमा चल्ने दादुरा रुबेला रोग निवारण खोप अभियान आज फागुन १३ देखि १५ गतेसम्म चल्ने स्वास्थ्य कार्यालय बाजुराले बताएको छ ।

अभियान सञ्चालन गर्न स्वास्थ्य कर्मी देखि खोप सहीतको टोली जिल्लाका १ सय बढी स्वास्थ्य संस्था र खोप केन्द्रमा पुगिसकेको स्वास्थ्य कार्यालय प्रमुख महेश चन्द्रले बताएका छन् । देश व्यापी रुपमा सञ्चालन हुने अभियान आजदेखि चैत्र ७ गतेसम्म चल्ने स्वास्थ्य कार्यालय बाजुराका प्रमुख चन्दले बताए । प्रत्येक चार वर्षको अवधीमा चल्ने गरेको अभियानको खोप लगाउने काम पहिलो दिन विहान १० बजेबाट सुरु गर्ने तयारी गरिएको छ । केही हिमाली भेगमा हिमपात र चिसोले सामान्य असर गरेपनि एकसाथ सुरु हुने स्वास्थ्य कार्यालय बाजुराका प्रमुख  चन्द्रले बताएका छन् ।

खोप ९ महिना देखि ५ वर्ष मुनिका सबै बालबालिकालाई लगाइने भएको छ । दादुरा रुबेला रोग निवारण गर्ने लक्ष्य अनुसार नै अभियान सञ्चालन गर्न लागिएको हो । प्रत्येक घरमै पुगेर निमन्त्रणा कार्ड नै दिएर खोप सेवामा सहभागि हुन स्वास्थ्य कर्मीले आमन्त्रण गरिसकेका छन् ।तीनदिनसम्म तोकिएको स्थान र नभए सम्बन्धी घरमै पुगेर पनि खोप लगाउने तयारी स्वास्थ्य कार्यालय बाजुराले गरेको छ । बाजुराका १३ हजार ९ सय ४२ जना बालबालिकालाई खोप लगाइने भएको छ ।

बढी जोखिम भएका तराइ क्षेत्रका २४ जिल्लामा ९ महिना देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाइने भएको छ । भने कम जोखिम भएका पहाडी र हिमाली क्षेत्रका जिल्लाका ९ महिना देखि ५ वर्ष मुनिका बालबालिकालाई खोप सेवा उपलब्ध गराइने भएको छ ।बाजुराका १६५ वटा खोप केन्द्र १ सय ६५ जना स्वास्थ्य कर्मी र २ सय ३० जना स्वयम सेवक खटिने भएका छन् । १ सय वटा स्वास्थ्य संस्थाबाटै खोप सेवा दिइने भएको छ । १५ सय भाइल खोप बाजुराका लागि मात्रै आउने स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

यस अघिको अभियानमा ९७ प्रतिशत बढी बालबालिकाले खोेप सेवा पाएकोमा यो पटक त्यसलाई समेत बढाउने र सत प्रतिशत लक्ष्य हासिल गर्ने गरि सबै प्रकारको तयारी गरिएको स्वास्थ्य कार्यालय प्रमुख महेश चन्द्रले बताएका छन् । खोप सेवा लिने बालबालिकाको संख्या सबैभन्दा बढी बुढीगंगा नगरपालिका २ हजार १२ जना, त्रिवेणी नगरपालिका २ हजार १० जना, खप्तड छेडेदह गाउँपालिका २ हजार ९ जना रहेका छन् । यस्तै बुढीनन्दा नगरपालिका १ हजार ९ सय ३६ जना, बडीमालिका नगरपालिका १ हजार ५ सय ९९ जना, स्वामिकात्र्तिक खापर गाउँपालिका १ हजार ३ सय ७१ जना खोप पाउने बालबालिकाको संख्या छ ।

यसैगरी जगन्नाथ गाउँपालिकामा १ हजार ५४ जना, १ हजार ३१ जना र गौमुलमा ९ सय २० जना बालबालिकाले खोप सेवा पाउने भएका छन् । थप व्यवस्थीत र प्रभावकारी बनाउने गरि पालिका देखि स्वास्थ्य संस्थासँगको छलफल परामर्श र तयारी गरिसकिएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार