• होमपेज
  • समाचार
  • नेकपा एमाले कैलाली अधिवेशन : छैटौँ दिनमा बल्ल मतदान सुरु

नेकपा एमाले कैलाली अधिवेशन : छैटौँ दिनमा बल्ल मतदान सुरु

  • शुक्रबार, फाल्गुन ११, २०८०
नेकपा एमाले कैलाली अधिवेशन : छैटौँ दिनमा बल्ल मतदान सुरु

नेकपा एमाले कैलालीको नेतृत्वको लागि बल्ल मतदान सुरु भएको छ । अधिवेशन उद्घाटन भएको छैटौँ दिनमा मतदान सुरु भएको निर्वाचन कमिटीले जनाएको छ । मतदान पौने ९ बजेदेखि सुरु भएको हो ।

पार्टीभित्रको चरम गुटबन्दी, असमझदारीका कारण निकै ढिलो गरी मतदान सुरु भएको हो । प्रमुख निर्वाचन अधिकृत मानबहादुर जोराले बिहीबार अनिश्चित कालका लागि सारिएको मतदान शुक्रबार ८ देखि दिउँसो १ बजेसम्म हुने जानकारी दिएका थिए । तर अझै मतपत्र नपुगेको बताइएको छ ।
जिल्ला नेतृत्वका लागि तीन वटा प्यानल चुनावी मैदानमा छन् । निर्वाचन कार्यालयले प्रकाशित गरेको उम्मेदवारको नामावलीअनुसार कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, वर्तमान सचिव डेजी पाण्डेय र यज्ञराज ढुङ्गानाबिच प्रतिस्पर्धा हुँदै छ ।

चर्चामा

सम्बन्धित समाचार