• होमपेज
  • समाचार
  • सांसद चन्द्र भण्डारीको व्यङ्ग्य : किसानको अनुदान खाने बाँदरलाई के गर्ने ?

सांसद चन्द्र भण्डारीको व्यङ्ग्य : किसानको अनुदान खाने बाँदरलाई के गर्ने ?

  • बिहिबार, फाल्गुन १०, २०८०
सांसद चन्द्र भण्डारीको व्यङ्ग्य : किसानको अनुदान खाने बाँदरलाई के गर्ने ?

काठमाडौं— सांसद चन्द्र भण्डारीले किसानको अनुदान खाने बाँदरलाई के गर्ने ? भन्दै प्रश्न गरेका छन्। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले बाँदरको बन्ध्याकरण गर्ने चर्चा चलेको भन्दै किसानको अनुदान खाने बाँदरलाई के गर्दै भन्दै व्यङ्ग्य गरेका हुन्।

‘किसान मल बीउ सिचाईं र बजार देउ भनिरहेका छन्। हामीले योजना बनाउन सकिरहेका छैनौं।’ उनले भने,‘किसानलाई बाँदरले दुख दिइरहेको छ। बाँदरले दुख नदिने बाली के प्रयोग गर्ने हामीसँग सोच छैनौं। एकातिर त किसानलाई बाँदरले दुख दिएको छ अर्कोतिर अहिले मैले सुन्दैछु। बाँदरको बन्ध्याकरण गर्ने !’

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले बन्ध्याकरणमार्फत बाँदरको नियन्त्रणबारे अध्ययनका लागि सांसदहरूको टोली भारत जाने निर्णय गरेको छ। सोहि विषयलाई लिएर उनले यस्तो बताएका हुन्।

भण्डारीले थपे, ‘किसानले पाउने अनुदान खाने बाँदरलाई के गर्ने त ?, किसानले बजारमा लैजाने सामानलाई लैजाँदा सिमाना नाकामा छाडिदिनेलाई के गर्ने त ?, किसानलाई सस्तो मूल्य दिएर चर्को मूल्यमा बजारमा बजारमा लैजाने बाँदरलाई के गर्ने त ?, के लगाएमा फाइदा हुन्छ ? के गरेमा मुलुक बन्छ भन्ने कुरामा छैनौं।’

भण्डारीले समय अनुसार देशमा नीति निर्माण गर्न नसकिरहेको धारणा राखे। उनले नेपालमा गाँजा खेती गर्न दिनुपर्ने माग गरे। ‘कानून बनाउँ, गाँजा खेती गर्न दिउँ।’उनले भने,‘न्यूयोर्क सिटीका मेयरले गाँजा खान दिन्छ। अनि हामीले खेती गर्नसम्म नदिने ? मुलुक कसरी माथि उठ्छ ? यसरी हुन्छ त ?’

चर्चामा

सम्बन्धित समाचार