मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • क्रिकेट
  • नेपालले नामिबियालाई दियो १६९ रनको लक्ष्य

नेपालले नामिबियालाई दियो १६९ रनको लक्ष्य

  • बुधबार, फाल्गुन ९, २०८०
नेपालले नामिबियालाई दियो १६९ रनको लक्ष्य

काठमाडौं —आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत तेस्रो खेलमा नेपालले नामिबियालाई १६९ रनको लक्ष्य दिएको छ ।

३७. १ ओभरमै सबै विकेट गुमाएर नेपालले १६८ रन बनाएको हो । नेपालका लागि आशिफ शेखले ५८ रन बनाए । कुशल मल्ल ३८, भीम शार्की २६, कुशल भुर्तेल १८, र करण केसीले १२ रन बनाए ।

नेपालका कप्तान रोहित पौडेल, अनिल साह र देव खनाल शून्य रनमै आउट भए ।

नामिबियाका बर्नार्ड स्कोल्जले ४ र निकोल लोफ्टि-इटनले ३, ज्याक ब्रेसल र जेराल्ड एरास्मसले एक/एक विकेट लिए ।

चर्चामा

सम्बन्धित समाचार