सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • समाज
  • बाजुराका उच्च हिमाली भेगमा वर्षासँगै हिमपात

बाजुराका उच्च हिमाली भेगमा वर्षासँगै हिमपात

  • मङ्लबार, फाल्गुन ८, २०८०
बाजुराका उच्च हिमाली भेगमा वर्षासँगै हिमपात

बाजुरा– बाजुराका उच्च हिमाली भेगमा वर्षासँगै पुनः हिमपात भएको छ । करिब ६ महिनापछि गत माघ १८ गते भारी हिमपातसँगै बर्षा भएकाे थियाे भने साेमवार रातिदेखि पुनः वर्षासँगै हिमपात भएपछि किसान खुसी भएका छन् ।

पूर्वी–उत्तरी भेगको हिमाली गाउँपालिकाको बिच्छ्याँ, रुगिन, बुढीनन्दा, गौमुल गाउँपालिकाका लगायतका उच्च लेकाली भेगमा हिमपात भएको छ । यस्तै जगन्नाथ, स्वामीकार्तिक, बडीमालिका, खप्तडछेडेदह र त्रिवेणी नगरपालिकाका लेकाली क्षेत्रमा हिमपात भएको हो ।

बेँसीतिर पानी पर्दा अत्यधिक मात्रामा जाडो  पनि बढेको स्थानीयहरुले बताएका छन् । सोमबार रातिदेखि उच्च हिमाली क्षेत्रका धेरै ठाउँमा परेको हिमपातले जनजीवन कष्टकर समेत बनाएको छ ।

बडीमालिका, बुढीनन्दा नगरपालिका, हिमाली गाउँपालिकालगायतका उच्च हिमाली क्षेत्र सेताम्मे बनेका छन् । वर्षा र हिमपातपछि वस्तुभाउलाई घाँस तथा दाउँराको समेत समस्या भएको स्थानीयले बताएका छन् ।

चिसोसँगै हिमपात भएपछि विद्यार्थीलाई आवतजावतमा समेत समस्या हुँदा विद्यालयको पठनपाठन समेत प्रभावित भएको छ । लामो समयदेखि पानी नपर्दा समस्यामा परेका किसान भने फेरि वर्षासँगै हिमपात भएपछि खुसी भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार