सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • क्रिकेट
  • विश्वकप लिग–२ : कीर्तिपुर मैदानमा आज नामिबिया र नेदरल्याण्ड्स भिड्दै

विश्वकप लिग–२ : कीर्तिपुर मैदानमा आज नामिबिया र नेदरल्याण्ड्स भिड्दै

  • सोमवार, फाल्गुन ७, २०८०
विश्वकप लिग–२ : कीर्तिपुर मैदानमा आज नामिबिया र नेदरल्याण्ड्स भिड्दै

काठमाडौं –आईसीसी क्रिकेट विश्वकप लिग- २ (२०२३-२०२७) सिरिज अन्तर्गत आज नामिबिया र नेदरल्याण्ड्सको खेल हुँदैछ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा यो खेल बिहान ९ बजेर १५ मिनेटमा सुरु हुनेछ।

नेपाल यात्रामा रहेको नामिबियाले पहिलो खेलमा नेपालमाथि जित निकालेर सुखद् सुरुवात गरेको छ। नेदरल्याण्ड्स भने आज पहिलो जितको खोजीमा हुनेछ। नेदरल्याण्ड्स पहिलो खेलमा नेपालसँग ९ विकेटले पराजित भएको थियो।

लिग २ अन्तर्गत नेपालले नामिबिया र नेदरल्याण्ड्ससँग खेलिसकेको छ। दुई खेल खेलेको नेपालले पहिलो खेलमा नामिबियासँग चार विकटको पराजय भोगेको छ भने नेदरल्याण्ड्समाथि ९ विकेटको शानदार जित निकालेको छ।

लिग-२ मा नेपालसहित ८ देश नेदरल्याण्ड्स, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका सहभागी छन्।

आईसीसीका अनुसार लिग-२ मा शीर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुनेछन् भने पछाडि रहेका चार देशले विश्वकपमा छनौट हुने अवसर पाउने छन्।

चर्चामा

सम्बन्धित समाचार