मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • क्रिकेट
  • नेपाल ‘ए’ले क्यानडालाई दियो २१७ रनको लक्ष्य

नेपाल ‘ए’ले क्यानडालाई दियो २१७ रनको लक्ष्य

  • आइतवार, फाल्गुन ६, २०८०
नेपाल ‘ए’ले क्यानडालाई दियो २१७ रनको लक्ष्य

काठमाडौं — नेपाल ‘ए’ले क्यानडा-११ लाई जीतका लागि २१७ रनको लक्ष्य दिएको छ। मूलपानी क्रिकेट मैदानमा आइतबार जारी खेलमा निर्धारित ५० ओभरमा नेपालले ८ विकेट गुमाएर २१६ रन बनाएको हो।

मुलपानी क्रिकेट मैदानमा क्यानडाका कप्तान साद बिन जफरले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएका हुन् । नेपालको लागि विनोद भण्डारीले कप्तानको जिम्मेवारी सम्हालेका छन् ।

नेपालका लागि बसिर अहमदले सर्वाधिक ५० रन बनाएर अविजित रहे। उनले ५५ बलमा १ छक्का ३ चौका प्रहार गरे। त्यसैगरी रशिद खानले ४० रन बनाए। उनले ६६ बलमा ४ चौका प्रहार गरे।

त्यसैगरी मयन यादवले ३५ रन, किरण थगुन्नाले २५ रन, सन्दीप जोराले १४ रन बनाए। प्रतिस जिसीले ४ रन, अर्जुन कुमालले ४ र विनोद भण्डारीले ५ रन मात्र जोड्न सके। शाहब आलमले २ रन बनाएर अविजित रहे।

क्यानडाका लागि साद जफरले ३ विकेट, ईश्वरजोत सोहीले २ विकेट, डिलन हेलिगर, हर्ष ठाकर र शाहिद अहमदजाईले १/१ विकेट लिए।

नेपालको टोली : विनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, बसीर अहमद, विवेक यादव, किरण ठगुन्ना, मयन यादव, प्रतिश जिसी, रशिद खान, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा

चर्चामा

सम्बन्धित समाचार