मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • प्रदेश ७
  • राससको स्थापना दिवसमा जिम्मेवार पत्रकारिता र राससको भूमिका विषयमा अन्तरक्रिया

राससको स्थापना दिवसमा जिम्मेवार पत्रकारिता र राससको भूमिका विषयमा अन्तरक्रिया

  • शनिबार, फाल्गुन ५, २०८०
राससको स्थापना दिवसमा जिम्मेवार पत्रकारिता र राससको भूमिका विषयमा अन्तरक्रिया

बाजुरा —राष्ट्रिय समाचार समिति (रासस) ले आफ्नो ६३ औँ बार्षिकोत्वस बाजुरामा पनि मनाएको छ । राससले जिम्मेवार पत्रकारिता र राससको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम गर्दै आफ्नो ६३ औँ स्थापना दिवस मनाएको हो ।

शनिवार बडिमालिका नगरपालिकाको सभाहलमा सो कार्यक्रम सम्पन्न भएकाे छ । बाजुराका समस्या, पछाडि परेका वर्ग, समुदायका आवाजलाई प्राथमिकता राखेर बाजुराको विकास र समृद्धिका विषयमा राससले कलम चलाउनुपर्ने कार्यक्रममा सुभकामना राख्दै बोल्ने वक्ताहरुले बताएका छन् ।

सरकारले मिडियालाई बलियो सबल बनाउनु लाग्नुपर्ने र राससले आफूलाई परिमार्जन गर्दै खोजमूलक सत्य तथ्य समाचार सम्प्रेषणमा ध्यान दिएर अघि बढ्नुपर्नेमा कार्यक्रममा बोल्ने वक्ताहरुले जोड दिएका थिए । देशको विकास र समृद्धिका लागि मिडिया जागरण हुन सके सरकार बलियो हुने र समुदायमा चेतनाको जागरणमा पनि मिडियाको महत्वपूणर् भूमिका रहेको उनीहरुको भनाई रहेको थियो । तत्कालीन समयमा नेपालको राजनीतिक अधिकार प्राप्तिको लडाईंमा मिसन पत्रकारिताको महत्वपूर्ण योगदान रहेको र अहिले विकास पत्रकारितामा ध्यान दिएर पत्रकारले कलम चलाउनुपर्नेमा उनीहरुले जोड दिएका छन् ।

रासस बाजुरा सम्वादाता प्रेम बहादुर रौलेको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अथिति बडिमालिका नगरपालिका नगर प्रमुख अमर बहादुर खड्का रहेका थिए । त्यस्तै विशिष्ट अथितिमा नेकपा एमाले बाजुरा अध्यक्ष भरत बहादुर थापा, बडिमालिकाका प्रमुख प्रशासकिय अधिकृत बम बहादुर केशी,जिल्ला प्रहरी कार्यालय प्रमुख कबिन्द्र सिंह बोहरा, सशस्त्र प्रहरी बाजुरा प्रमुख शंकरदत्त तिवारी रहेका थिए ।

त्यस्तै अथितिमा पत्रकार महासंघ बाजुराका संस्थापक अध्यक्ष दयाराम पण्डित, गैरसरकारी संस्था महासंघ बाजुराका सचिव धर्म रोकाया लगायत जिल्लामा सञ्चालित विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन प्रेस युनियन बाजुराका सचिव राम बहादुर विकले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार