शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिकाले गर्यो १० कार्यविधि पास, ७ महिनामा २६ प्रतिशत मात्रै बजेट खर्च

बडिमालिकाले गर्यो १० कार्यविधि पास, ७ महिनामा २६ प्रतिशत मात्रै बजेट खर्च

  • सोमवार, माघ २९, २०८०
बडिमालिकाले गर्यो १० कार्यविधि पास, ७ महिनामा २६ प्रतिशत मात्रै बजेट खर्च

बाजुरा– बाजुराको सदरमुकाम मार्तडीमा रहेको बडिमालिका नगरपालिकाले चालु आर्थिक बर्षको ७ महिनामा कुल बजेटको २६.३१ प्रतिशत बजेट खर्च गरेको छ । नगरपालिकाले चालु आर्थिक बर्ष २०८०।८१ को साउनदेखि माघ मसान्तसम्म २६.३१ प्रतिशत बजेट खर्च भएको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । आज सम्पन्न बडिमालिका नगरपालिकाको १४ औँ नगरसभामा सो बजेट खर्च प्रस्तुत गरी पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । आर्थिक बर्ष २०८०।८१ बडिमालिका नगरपालिकाबाट बिनियोजित बजेटको २६.३१ प्रतिशत बजेट खर्च गरिएको नगरपालिकाले जनाएको छ ।
त्यस्तै बडिमालिकाको १४ नगरसभाले छलफलबाट कार्यपालिका तथा बिषयगत समितिबाट पारित भएका निणर्य अनुमोदन गर्दै नगरसभाबाट १० वटा कार्यविधि पारित गरेको छ ।
नगरसभाबाट बडिमालिका नगरपालिकाको नगर प्रहरी ऐन,२०८०, बडिमालिका नगरपालिका नगर प्रहरी व्यवस्थापन तथा सञ्चालन कार्यविधि,२०८०, बडिमालिका नगरपालिकाको एकिकृत छात्रवृति व्यवस्थापन तथा वितरण कार्यविधि २०८० सर्वसम्मत पारित गरेको छ ।
त्यसैगरि बडिमालिका नगरपालिकाको घ वर्गको निर्माण व्यवसाय ईजाजत पत्र सम्बन्धी कार्यविधि २०८०, बडिमालिका नगरपालिका व्यवसाय कर सम्बन्धी कार्यविधि पहिलो संसोधन २०८०, बडिमालिका नगरपालिका महिला समुह, युवा सञ्जाल संचालन तथा व्यवस्थापन कार्यविधि २०८०, बडिमालिका नगरपालिकाको कृषि एम्बुलेन्स, कृषि बिकाश कार्यक्रम, कृषि बजार बिकाश तथा ब्यबस्थापन, स्थानिय कृषि ब्यबासाय प्रबद्र्धन तथा संचालन कार्यबिधी २०८०, बिद्युतीय संचारमाध्याम र छापा तथा अनलाइन मिडियाका लागि लोक कल्याणकारी बिज्ञापन बितरण सम्बन्धी कार्यबिधी २०८० ल्याएको छ ।
त्यसै गरी कार्यस्थलमा हुने यौनजन्य दुब्र्यबाहार निवारण आचारसहिंता २०८० र उपप्रमुख संग किशोरी छात्रबृद्धी बितरण सम्बन्धी कार्यबिधी २०८० नगरसभाबाट पास गरिएको नगर प्रबक्ता धर्मराज पाध्यायले बताएका छन ।
सम्पन्न नगर सभाबाट प्रशासनिक, आर्थिक तथा भौतिक एवं विषय गत समितिको प्रगति समिक्षा गरि प्रतिवेदन पास, विभिन्न मितिमा कार्यपालिका तथा विषय गत निणर्य तथा खर्च अनुमोदन, महालेखा बाट औल्यायका व्यरुजु तथा सुझाव माथि छलफल तथा व्यरुजु असुल गर्ने निर्देशन र विनियोजन विधेयक संसोधन विधेयक एव वजेट तथा कार्यक्रम संसोधन लगायतका निणर्यहरु गरिएको प्रबक्ता पाध्यायले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन ।

चर्चामा

सम्बन्धित समाचार