शुक्रबार, बैशाख २८, २०८१
  • होमपेज
  • समाज
  • खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा बाजुरामा ताला

खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा बाजुरामा ताला

अर्को चरणको चामल नआएसम्म मोटा चामल बिक्री वितरण रोकियाे

  • सोमवार, माघ २९, २०८०
खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा बाजुरामा ताला

बाजुरा —बाजुराको सदरमुकाम मार्तडीमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा ताला लगाइएको छ । सस्तो मूल्य पर्ने मोटा चामल आउँन थालेपछि किन्नेको भिड लाग्ने गरेको र चामल अभाव भएको भन्दै बिक्री वितरण बन्द गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा बाजुरामा दुई सय क्विन्टल मोटा चामल आएर बिक्री भइसकेको छ ।

थप एक सय क्विन्टल चामल आएपनि कार्यालयले ताला लगाएको छ । गत शुक्रबार आएको एक सय क्विन्टल चामल हिजो दुई घण्टामै बिक्री भएर सकिएको थियो । लामो समयसम्म महंगीको मारमा परेका याँहाका नागरिक अहिले धमाधम चामल आएपछि लर्को लागेर किन्न आउँने नागरिक चामल नपाएपछि रित्तै घर फर्कन थालेका छन् । गत भदौ २४ मा सकिएको मोटा चामल करिब ६ महिनापछि आएपछि याँहा स्थानिय तथा सदरमुकाममा अध्ययनरत् विद्यार्थीहरु चामल किन्नका लागि लाइन लागेका थिए तर आज चामल बिक्री हुदैन भनेपछि रित्तै घर फर्कन बाध्य भएका हुन् ।

आज पुगेको एक सय क्विन्टल मोटा चामल अर्को पटक नआउँदा सम्मका लागि बिक्री वितरण रोकिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा बाजुराका प्रमुख उमेश भण्डारीले बताएका छन् । उनले भने जिल्लामा कुनै पनि समय आपतकालिन अवस्था आउँन सक्ने कुरालाई ध्यान दिदै अर्को चरणको चामल नआएसम्म मोटा चामल बिक्री वितरण रोकिएको र मसिनो चामल भने बिक्री हुने बताए । मार्तडीमा अहिले मसिनो जिरा चामल १ सय २० क्विन्टल बढि मौजात रहेकोको छ ।

पहिलो चरणमा कुटानी पिसानीको २ सय क्विन्टल चामल आएर बिक्री वितरण भइसकेको र एक सय क्विन्टल अर्को नआउँदासम्म स्टक राखिएको प्रमख भणडारीको भनाई छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रदेश कार्यालयले पहिलो पटक टेन्डर आव्हान गरेपनि नपरेकाले अहिले दोस्रो पटक मूल्य बढाएर टेन्डर आव्हान गरेकाे कार्यालयले जनाएको छ । मार्तडीमा सस्तो मूल्य पर्ने मोटा चामल आउँन थालेपनि कोल्टी बिक्री केन्द्रमा भने नपुग्दा त्याँहाका नागरिक महंगीको मारमा परेका छन् । कोल्टीमा केहि दिनअघि १ सय क्विन्टल मोटा चामल पुगेपनि बिक्री भएर सकिसकेको छ ।

कोल्टीका लागि थप मोटा चामल बाटोमा आएको भएपनि सडक अबरुद्ध हुँदा मार्तडीमै थन्किने भएको छ । मार्तडी कोल्टी सडकको अनाई खोलामा सडक भत्किएकाले उक्त सडकखण्डमा करिब एक हप्तादेखि सवारी आवतजावत बन्द छ ।
कोल्टीका लागि भन्दै मोटा चामल मार्तडीमा पुगेको भएपनि हिउँदमा पनि बाटो अबरुद्धको समस्या देखाउँदै मन्त्री सांसदकै क्षेत्रमा सस्तो मूल्यको चामलसमेत पुर्याउन नसकेको भन्दै त्याँहाका नागरिकहरुले गुनासो गरेका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराका प्रमुख उमेश भण्डारीले भने बाटो अवरुद्धका कारण चामल पठाउन नसकिएकाले खुल्ने बित्तिकै कोल्टीमा चामल पुग्ने बताए ।

कोल्टीमा सर्वसाधारणले सहजै किनेर खान नसक्ने १ सयबढि क्विन्टल जिरा चामल भएपनि निकै महंगो भन्दै नागरिकले किन्नै छोडेका छन् ।
हिमाली गाउँपालिकाको कवाडी अस्थायी डिपोमा गत आर्थिक बर्षको चामल असारमा सकिएको थियो भने स्वामीकार्तिक गाउँपालिकामा नयाँ स्थापना भएको मुक्तिकोट अस्थायी बिक्रि केन्द्रमा गत आर्थिक बर्षको ५ सय कुन्टल चामल गत जेठ महिनामै सकिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार