आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बुढीनन्दाको हेलो मेयर कार्यक्रमले सुझाव संकलन गर्ने

बुढीनन्दाको हेलो मेयर कार्यक्रमले सुझाव संकलन गर्ने

  • बिहिबार, माघ २५, २०८०
बुढीनन्दाको हेलो मेयर कार्यक्रमले सुझाव संकलन गर्ने

राजेन्द्र राेकाया— बुढीनन्दा नगरपालिकामा संचालित हेलो मेयर कार्यक्रमले सुझाव संकलन गर्ने भएको छ । नगरपालिकामा संचालन हुदै आएका कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्ने उद्देश्य सहित सुझाव संकलन गर्ने कार्यक्रम संचालक कालिका उपाध्यायले बताएकी छन् ।

जनताका जनगुनासो सुन्न र समाधान गर्ने गरी संचालन गरीएको उक्त कार्यक्रमलाई थप प्रभावकारी बनाउन नगरपालिकाका नि. प्रमुख प्रशासकिय अधिकृत सन्तोष कुमार शाह १० वटै वडाका वडाध्यक्ष लगायतको सहभागितामा नगरपालिकाको हलमा छलफल गरीएको थियो । छलफलमा कार्यक्रम थप प्रभावकारी बनाउन सुझाव संकलन गर्ने र सुझाव अनुसार जनताका जनगुनासा सुन्ने मात्रै नभएर समाधानतिर पनि लाग्न सुझाव सहभागिहरुले  दिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार