• होमपेज
  • समाज
  • गोठमा आगलागी हुँदा जलेर दुई बालबालिकाको मृत्यु

गोठमा आगलागी हुँदा जलेर दुई बालबालिकाको मृत्यु

  • बिहिबार, माघ २५, २०८०
गोठमा आगलागी हुँदा जलेर दुई बालबालिकाको मृत्यु

अछाम —अछामकाे मेल्लेख गाउँपालिका–३ दर्वा बस्ने जय बहादुर बुढा र झंकरे बुढाको गोठमा बुधबार साँझ आगलागी हुँदा ६ बर्सिया नातिनी निरूता बुढा र सोही ठाउँ बस्ने जगत् बुढाको छोरा ३ वर्षीय अङ्कित बुढाको जलेर मृत्यु भएको छ ।

खेल्ने क्रममा गोठको ढोका नजिक बालेको आगोबाट गोठभित्र राखिएको खरमा आगो सल्किई आगलागी हुँदा दुवै जनाको जलेर मृत्यु भएको हो ।

आगलागीको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बगुडाठाँटी समेतबाट खटिएको प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार