आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • समाज
  • बाजुराबाट नेपालगञ्ज जाँदै गरेको बस डडेल्धुरामा दुर्घटना, १३ जना घाइते

बाजुराबाट नेपालगञ्ज जाँदै गरेको बस डडेल्धुरामा दुर्घटना, १३ जना घाइते

  • बिहिबार, माघ २५, २०८०
बाजुराबाट नेपालगञ्ज जाँदै गरेको बस डडेल्धुरामा दुर्घटना, १३ जना घाइते

बाजुरा— डडेल्धुरामा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । बुधबार राति बाजुराबाट नेपालगञ्जतर्फ गइरहेको भेरि यातायात प्रालिको ना ६ख ५४५० नम्बरको बस स्याउले नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

घाइतेमध्ये ४ जनाको अवस्था मध्यम रहेको र बाँकी सबै खतरामुक्त रहेको बताइएको छ । घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

बसको प्रेसर पाइप फुट्दा दुर्घटनाबाट जोगाउन चालकले बस नालीतर्फ लैजाने क्रममा दुर्घटना भएको डडेल्धुरा प्रहरीले जनाएकाे छ ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

चर्चामा

सम्बन्धित समाचार