आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढिगंगाले नगर प्रहरी सञ्चालन गर्ने

बुढिगंगाले नगर प्रहरी सञ्चालन गर्ने

  • बुधबार, माघ २४, २०८०
बुढिगंगाले नगर प्रहरी सञ्चालन गर्ने

बाजुरा —बाजुराको बुढिगंगा नगरपालिकाले आफ्नै नगर प्रहरी सञ्चालन गर्ने भएको छ । बुढिगंगा नगरपालिकाको नवौ नगरसभाबाट नगर प्रहरी ऐन २०८० सर्वसम्मत पारित भएको हो ।

“शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पुर्वाधार, सुरक्षित र समृद्ध बुढिगंगा विकासको आधार” भन्ने मूल नाराका साथ सुरु भएको नवाँै नगरसभा मंगलबार विभिन्न निणर्य गर्दै सम्पन्न भएको नगरपालिकाले जनाएको छ । नगरसभा सुरु हुनु भन्दा अगाडि भर्खरै सम्पन्न १४ औं जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक प्राप्त गरेका खेलाडिहरुलाई पुरस्कृत गरेको नगर प्रमुख राम बहादुर बानिँयाले बताए ।

नगरपालिकाको नवौं नगरसभामा आठौं नगरसभाका नीति कार्यक्रम योजना र बजेट कार्यान्वयनको समिक्षा गरिएको छ । त्यस्तै नगरपालिकामा हासम्म ७४ वटा ऐन नियम र कार्यविधि निर्माण भएका छन भने नवौं नगरसभामा पेश भएका १४ वटा नीति तथा कार्यविधि पारित भएको  वडा न‌ः ६ का अध्यक्ष तथा नगर प्रवक्ता हेमराज जैशीले बताएका छन् ।

बढिगंगा नगरपालिकाको नवौं नगरसभाबाट सर्वसम्मत पारित भएका कार्यविधिहरुमा नगर प्रहरी ऐन २०८०, डिपिआर निर्माण कार्यविधि २०८०, कृषि उत्पादन वजारिकरण निति २०८०, खेलकुद शिक्षक व्यवस्थापन कार्यविधि २०८०, बाल क्लव दर्ता कार्यविधि २०८०, महिनावारी स्वच्छता कार्यविधि २०८०, खानेपानी सरसफाई र स्वच्छता निर्देशिका २०८०, वडा स्तरिय व्यवसायि उत्पादन केन्द्र कार्यक्रम निर्देशिका २०८०, लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण निति २०८०, समुह समिति तथा निग्रानी समुह गठन संचालन तथा व्यवस्थापन कार्यविधि २०८०, दिगो विकास स्थानियकरण निति २०८०, नदिजन्य पदार्थ संकलन तथा व्यवस्थापन कार्यविधि २०८०, बाल अधिकार संरक्षण कार्यविधि २०८० र कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंघिता ऐन २०८० पारित भएका छन् ।

बुढिगंगा नगरपालिकाले हालसम्म १५ करोड चालु तर्फ र ५ करोड पँुजिगत तर्फ गरि जम्मा २० करोड बजेट खर्च गरेको प्रमुख प्रसाशकिय अधिकृत नरेन्द्र नाथले बताएका छन् । नगरपालिकाको नवौं नगरसभाले लोकसेवा आयोगको परिक्षामा १० महिनामा ६ वटा ठाँउमा सिफारिस भएकी बुढिगंगा ६ कि छाया जैशीलाई सम्मान तथा पुरस्कृत गर्ने निणर्य गरेको नगर उपप्रमुख माया खड्काले बताइन् ।

त्यसैगरि बुढिगंगामा उत्कृष्ट,गुणस्तरीय र समयाअवधि अगावै कार्य सम्पन्न गर्ने जिआर कन्ट्रक्सनका सुनिल थापालाई सम्मान तथा पुरस्कृत गर्ने निणर्य गरेको नगर प्रवक्ता जैशीले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार