बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • राजनीति
  • ‘समुदायमा कांग्रेस’ अभियान स्थगित, महामन्त्री थापाको संवादयात्रा पनि रोकियो

‘समुदायमा कांग्रेस’ अभियान स्थगित, महामन्त्री थापाको संवादयात्रा पनि रोकियो

  • मङ्लबार, माघ २३, २०८०
‘समुदायमा कांग्रेस’ अभियान स्थगित, महामन्त्री थापाको संवादयात्रा पनि रोकियो

काठमाडौं — नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान र महामन्त्री गगन कुमार थापाको संवाद यात्रा स्थगित भएको छ । केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनको शोकमा ‘समुदायमा कांग्रेस’ अभियान र संवाद यात्रा स्थगित भएको हो । यसको औपचारिक निर्णय आज बिहान बोलाइएको केन्द्रीय समितिको आकस्मिक बैठकले गर्ने छ ।

No description available.

समुदायमा कांग्रेस अभियान यही माघ १६ गतेदेखि सुरु भएको थियो । त्यसका लागि माघ १३ गतेदेखि नै सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटिएका थिए । सातै प्रदेशमा शीर्ष नेताहरु खटाइएको थियो ।

केन्द्रीय सदस्य बुढाथोकीको निधनका कारण महामन्त्री गगन कुमार थापाले माघ १३ गतेदेखि सुरु गरेको संवाद यात्रा पनि स्थगित भएको छ । आज बिहान नवलपरासीको प्रतापपुर गाउँपालिकाको गोपीगञ्जमा आयोजित कार्यक्रममा महामन्त्री थापाले बुढाथोकीको निधनको शोकमा संवादयात्रा स्थगित भएको जानकारी दिए ।

बुढाथोकीको निधन भएपछि कांग्रेसले आज बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । पूर्वमन्त्री समेत रहेका बुढाथोकीको गएराति विराटनगरमा उपचारको क्रममा निधन भएको थियो ।

बैठकले बुढाथोकीको निधनमा शोक प्रकट गर्दै एक दिन पार्टीको झण्डा आधा झुकाउने र तीन दिनसम्म कुनै पनि औपचारिक कार्यक्रम नगर्ने परम्पराअनुसार निर्णय गर्ने थापाले बताए । फागुन ७, ८ र ९ गते हुने महासमितिको बैठकलगत्तै समुदायमा कांग्रेस अभियान र संवाद यात्रा सुरु गर्ने थापाले बताए ।

चर्चामा

सम्बन्धित समाचार