मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • समाचार
  • प्रतिनिधिसभाको क्यालेन्डर स्वीकृत, सांसदको विद्युतीय हाजिरी सुरु

प्रतिनिधिसभाको क्यालेन्डर स्वीकृत, सांसदको विद्युतीय हाजिरी सुरु

  • सोमवार, माघ २२, २०८०
प्रतिनिधिसभाको क्यालेन्डर स्वीकृत, सांसदको विद्युतीय हाजिरी सुरु

काठमाडौं – प्रतिनिधिसभाले १५ फागुनसम्मको क्यालेन्डर स्वीकृत गरेको छ । आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले आजदेखि १५ फागुनसम्म बैठक बस्ने दिन र त्यस दिन संसदमा छलफल गरिने विषयसहितको क्यालेन्डर स्वीकृत गरेको हो ।

प्रतिनिधिसभाको क्यालेन्डर अनुसार माघ महिनामा २२ र २४ गते बैठक बस्नेछन् । त्यसपछि फागुनमा ४ वटा बैठक बस्नेछन् ।

जसमा फागुनमा ६ गते, १० गते, ११ गते, १३ गते र १४ गते बैठक बस्नेछ । समितिको बैठकले सो दिन छलफल हुने विषयको तालिका पनि सार्वजनिक गरेको छ ।

यस्तै बैठकले अबदेखि सांसदहरुको विद्युतीय हाजिरी गर्ने र वेबसाइटमार्फत विवरण सार्वजनिक गर्ने निर्णय पनि गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार