मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • समाचार
  • देशका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना

देशका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना

  • सोमवार, माघ २२, २०८०
देशका उच्च पहाडी तथा हिमाली भूभागमा  हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । अहिले कोशी, मधेश र बागमती प्रदेशमा साधारणतया बदली रहि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा देशका बाँकी भूभागको मौसम सफा रहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागका केही स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति देशका पहाडी भूभागमा आंशिकदेखि साधारण बदली रही बाँकी भूभागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका केही स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना छ । आज सूर्योदय बिहान ६ बजेर ४९ मिनेट र सूर्यास्त साँझ ५ बजेर ४७ मिनेटमा हुनेछ ।

चर्चामा

सम्बन्धित समाचार