शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • ग्लोबल आइएमई बैंक बाजुराद्धारा बित्तीय साक्षरता कार्यक्रम सञ्चालन

ग्लोबल आइएमई बैंक बाजुराद्धारा बित्तीय साक्षरता कार्यक्रम सञ्चालन

  • शनिबार, माघ २०, २०८०
ग्लोबल आइएमई बैंक बाजुराद्धारा बित्तीय साक्षरता कार्यक्रम सञ्चालन

बाजुरा– ग्लोबल आइएमई बैंक लिमिटेड बाजुरा शाखाद्धारा सदरमुकाम मार्तडीमा बित्तिय साक्षरता कार्यक्रम संचालन गरेको छ । शाखाले डिजिटल बैंकिङ सम्बन्धी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो। जिल्ला स्थित बिभिन्न सेवाग्राही तथा क्रियाशिल व्यवासायीहरुकोे सहकार्यमा नेपालको कर प्रणाली तथा डिजिटल बैंकिङ्ग सम्बन्धि वित्तिय साक्षरता एंव अन्र्तकृया कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।
सेवाग्राही तथा व्यवसायीहरुलाई नेपालको कर क्षेत्र र नेपालको डिजिटल बैंकिङ्ग क्षेत्रमा देखा परेका विभिन्न आयामहरुको बारेमा जानकारी गराउने उद्धेश्यले ग्लोबल आइएमई बैंकले उक्त कार्यक्रमको आयोजना गरेको ग्लोबल आइएमई बैंक बाजुरा शाखा प्रमुख भेषराज देवकोटाले बताए ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवामार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको बताएका छन ।
त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे्रलिया, बेलायत र भारतमा प्रतिनिधि-सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ । यसका साथै बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको कार्यक्रम मार्फत जानकारी गराएका थिए ।
कार्यक्रममा ग्लोबल आइएमई बैंक बाजुरा शाखा प्रमुख भेषराज देवकोटाले बैंकको सेवा सुविधाका फाइदा, यसले ल्याएको अवसर र यसका समस्या समाधानका विषयमा केन्द्रित रहेर उक्त साक्षरता कार्यक्रम आयोजना गरिएको बताएका छन्। सदरमुकाम मार्तडीमा आयोजना गरेको वित्तीय साक्षरता कार्यक्रममा बैंकका ग्राहक, कर्मचारी उध्योग बाणिज्य संघ पत्रकार लगायतको सहभागी रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार