आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • समाज
  • बाजुराका उच्च हिमाली भेगमा बर्षासँगै भारी हिमपात

बाजुराका उच्च हिमाली भेगमा बर्षासँगै भारी हिमपात

  • बिहिबार, माघ १८, २०८०
बाजुराका उच्च हिमाली भेगमा बर्षासँगै भारी हिमपात
फाइल फाेटा

बाजुरा — बाजुरा जिल्लाका उच्च हिमाली भेगमा बर्षासँगै भारी हिमपात भएको छ । बाजुरा जिल्ला लगायत सुदुर पश्चिमका उच्च लेकाली क्षेत्रमा दाेस्राे पटक हिमापात सुरु भएको हाे । बेसीतिर पानी पर्दा अत्यधिक मात्रामा जाडो बढेको छ । बुधबार रातिदेखि उच्च हिमाली क्षेत्रका धेरै ठाउँमा परेको भारी हिमपातले जनजीवन कष्टकर बनाएको छ ।

बडीमालिका, बुढिनन्दा नगरपालिका हिमाली गाउँपालिका लगायतका उच्च हिमाली क्षेत्र यो वर्ष कार्तिक अन्तीम साताबाट सेताम्बे हुने चुचुराहरु केहि बर्षदेखि भने माघको मध्यतिर पुगेर सेताम्मे बनेका छन् । जिल्लाका हिमाली गाउँपालिका बडिमालिका नगरपालिका, गौमुल गाउँपालिका, त्रिबेणी नगरपालिकाका, खप्तड छेडेदह गाउँपालिका, स्वामीकार्तिक खापर गाउँपालिका, जगन्नाथ गाउँपालिकाका लेकाली भूभागमा हिमपातसँगै बर्षा भइरहेकाे जानकारी प्राप्त भएकाे छ । बर्षा र हिमपात भएपछि वस्तुभाउ घाँस दाउराको समेत समस्या भएर जनजीवन नै कष्टकर बनेकाे स्थानीयले बताएका छन्।

हिमपातका कारण सदरमुकाम मार्तडी लगायतका बिद्यालयहरु समेत प्रभाबित भएका छन । चिसो संगै हिमपात भए पछि बिद्यालयबाट टाढा रहेका बिद्यार्थीहरुलाई आवत जावतमा समेत समस्या हुँदा पठनपाठनमा समस्या भएको छ ।

लामो समयदेखि पानी नपर्दा समस्यामा परेका किसान भने बर्षासँगै भारी हिमपात भएपछि खुशी भएका छन् । सिचाईकाे सुविधा नहुँदा गहुँ बाली लगाएपनि सक्न थालेका बाली बर्षा र हिमापता भएपछि राहत भएकाे भन्दै किसानहरु खुसी भएका हुन् ।

हिउँदे वर्षाका कारण पहाडी क्षेत्रमा लगाइका विभिन्न बालीलाई फाइदा पुगेको किसानले बताएका छन् । यो वर्षाले विभिन्न अन्नवाली,फलफूल र तरकारीलगायत किसानलाई फाइदा पुग्ने जिल्ला कृषि ज्ञान केन्द्र बाजुराका निमित्त कार्यालय प्रमुख मीनप्रशाद जैशीले बताएका छन् ।

हिमपातका कारण बाजुरा जिल्लाको उत्तरी क्षेत्रका चार स्थानीय तह र हुम्ला, मुगु र कालिकोटका केही स्थानीय तह जोड्ने मार्तडी कोल्टि सडकखण्डमा पर्ने बडिमालिका र बुढिनन्दा नगरपालिकाको पोरखे लेकमा हिमपात हुँदा त्यो क्षेत्रमा चल्ने जीप सेवा प्रभावित भएको छ।

चर्चामा

सम्बन्धित समाचार