बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • बडिमालिका
  • वडा अध्यक्ष पाध्यायद्धारा जन्मदिनको अवसरमा स्टेसनरी तथा खाद्यान्न सहयोग

वडा अध्यक्ष पाध्यायद्धारा जन्मदिनको अवसरमा स्टेसनरी तथा खाद्यान्न सहयोग

  • मङ्लबार, माघ १६, २०८०
वडा अध्यक्ष पाध्यायद्धारा जन्मदिनको अवसरमा स्टेसनरी तथा खाद्यान्न सहयोग

बाजुरा —बाजुराको बडिमालिका नगरपालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले आफ्नो जन्मदिनको अवसरमा कपडा, स्टेसनरी तथा खाद्यान्न सहयोग गरेका छन । आज ७ नंः वडाका विपन्न बालबालिकालाई स्टेसनरी सामान तथा विपन्न दलित परिवारलाई न्यानो कपडा र खाद्यान्न सहयोग गरेका हुन् ।

आफ्नो जन्मदिनको अवसरमा हुने खर्च कटौती गरेर बालबालिकालाई स्टेसनरी तथा विपन्न दलित परिवारलाई कपडा र खाद्यान्न सहयोग गरेको वडा अध्यक्ष पाध्यायले बताएका छन् ।

May be an image of 10 people, people smiling and temple

जन्मदिनमा अनावश्यक खर्च गर्नु भन्दा गरिब, विपन्न तथा असाहय असक्तलाई केहि सहयोग भएपनि थोरै सहयोग पुगोस् भन्ने उदेश्यका साथ सामग्री सहयोग गरेको अध्यक्ष पाध्यायले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन ।

उक्त वडामा वडा अध्यक्षको एक कार्यकाल बिताइसकेका पाध्याय हाल पनि अध्यक्ष नै छन । वडा अध्यक्ष पाध्याय विगतका दिनदेखि नै सामाजिक कार्यमा तदरुपताका साथ खटिरहेने गर्छन । वडा अध्यक्ष पाध्याय बडिमालिका नगरपालिकाका नगर प्रवक्ता पनि रहेका छन ।

May be an image of 13 people

चर्चामा

सम्बन्धित समाचार