आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • मार्तडी कोल्टी सडक निर्माण कार्य समयमै सम्पन्न गर्न जनप्रतिनिधि सांसदबिच छलफल

मार्तडी कोल्टी सडक निर्माण कार्य समयमै सम्पन्न गर्न जनप्रतिनिधि सांसदबिच छलफल

  • मङ्लबार, माघ १६, २०८०
मार्तडी कोल्टी सडक निर्माण कार्य समयमै सम्पन्न गर्न जनप्रतिनिधि सांसदबिच छलफल

बाजुरा —बाजुराका ९ वटै पालिकाका जनप्रतिनिधि, सांसद र सरोकारवालाविच जिल्लाको समग्र विकासको बारेमा छलफल भएको छ । मंगलबार बुढिनन्दा नगरपालिकाको कोल्टीमा प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका सह महामन्त्री बद्रीप्रसाद पाण्डेको प्रमुख आथित्यमा जिल्लाको समसामहिक विषयमा छलफल भएको हो ।

बाजुराको विकासका लागि आपसी समझदारी, समन्वय तथा सहकार्यको राजनितिक संस्कारको विकास आवश्यक रहेकाले असहज परिस्थितिको पहल कदमीबाट समाधान गर्न राजनितिक समझदारी कायम गर्नुपर्ने छलफलमा निष्कर्ष निकालेको छ ।

त्यसैगरि साँफे मार्तडी सडकखण्डको बडिमालिका नगरपालिका ६ जडाङ्गाको पक्की पुल बर्षायम अगावै बुढिनन्दा २ र ५ सिमानाको दानसाँगुमा स्थानान्तरण गर्न संघिय सरकारसंग विशेष पहल गर्ने निणर्य गरिएको बुढिनन्दा नगरपालिका नगर प्रमुख जनक बोहराले बताएका छन ।

मार्तडी कोल्टी सडकको मार्तडी देखि चुथीसम्म ठेकेदारको चरम लापरवाहीले निर्माण कार्य सम्पन्न हुन नसकेकाले ठेकेदारलाई तत्काल सम्पन्न गर्न गराउन भौतिक पूर्वाधार कार्यालय तथा सरोकावाला निकायलाई कडाईका साथ ध्यानाकर्षण गराउने निणर्य भएको छ । त्यस्तै बाजुरामा प्रदेश तथा संघिय सरकारबाट संचालित आयोजनाको प्रभावकारी तथा गुणस्तरिय रुपमा निर्माण कार्य सम्पन्न गर्न सामुहिक पहल गर्ने बैठकले निष्कर्ष निकालेको छ ।

मार्तडीदेखि कोल्टीसम्म बस सञ्चालन गर्न भौतिक पुर्वाधार कार्यालय साँफे, स्थानिय प्रशासन, बस व्यावसायी र संघसंग समन्वय गरि बस सञ्चालन गर्ने निणर्य गरेको छ । त्यसैगरि उक्त छलफलमा गत माघ ४ गते स्वामिकार्तिक गाउँपालिका उपाध्यक्ष मैना जोशीको असामयिक निधनप्रति दुःख व्यक्त गरेको छ ।

प्रजातन्त्रको उज्यालो दिन जीवन अर्पण गर्ने ज्ञात अज्ञात सहिदहरुपति सहिद दिवसको अवसरमा हार्दिक श्रद्धासुमन व्यक्त गरेको छ ।

जिल्लाको समग्र विकासको बारेमा छलफल कार्यक्रममा प्रतिनिधि सभा सदस्य बद्रीप्रसाद पाण्डे, ९ वटै पालिका प्रमुख उपप्रमुख, जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाया, उपप्रमुख लाछु सार्की कर्मचारी,राजनितिक दलका प्रतिनिधि पत्रकार लगायतको सहभागीता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार