बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिमका मुख्यमन्त्री शाहकाे ११ महिनाको ‘टिकट खर्च’ साढे ५ लाख

सुदूरपश्चिमका मुख्यमन्त्री शाहकाे ११ महिनाको ‘टिकट खर्च’ साढे ५ लाख

  • सोमवार, माघ १५, २०८०
सुदूरपश्चिमका मुख्यमन्त्री शाहकाे ११ महिनाको ‘टिकट खर्च’ साढे ५ लाख

धनगढी— सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले हवाई टिकट खर्चमा मात्र साढे ५ लाख सकेका छन्। प्रदेशका मुख्यमन्त्री शाहले ११ महिनामा ५ लाख ५६ हजार आठ सय २६ रुपैयाँ हवाई भाडामा खर्च गरेका हुन्।

प्रदेशका मुख्यमन्त्री शाह ११ महिनामा २२ पटक सङ्घीय राजधानी काठमाडौँ गएका छन्। गत वर्षको माघ २७ गते मुख्यमन्त्रीको शपथ लिएपछि उनी २२ पटक काठमाडौँ गएको तथ्याङ्कले देखाएको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको तथ्याङ्क अनुसार उनको काठमाडौँको यात्रा शपथ लिएको भोलिपल्टैदेखि सुरु भएको देखिन्छ। माघ २७ गते शपथ लिएर उनी २८ गते नै सङ्घीय राजधानी उडेका थिए। शाहले त्यो दिनको भ्रमणको कारण प्रधानमन्त्रीसँग भेटघाट तथा छलफल देखाएका छन।

२०७९ सालको फागुनमा मात्र उनी तीन पटक सङ्घीय राजधानी पुगेका छन्। फागुन ९ गते, २४ गते र २८ गते गरी एकै महिनामा उनी सङ्घीय राजधानी गएका हुन। फागुन २४ गएर २६ गते फर्किएका मुख्यमन्त्री २७ गते एक दिन मात्र धनगढी बसेर फेरि २८ गते सङ्घीय राजधानी उडेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको तथ्याङ्कमा उल्लेख छ।

माघको २८ गते प्रधानमन्त्रीसँग भेटघाट गर्न गएका मुख्यमन्त्री शाहले फागुनको ९ गते र २४ गते पनि त्यही शीर्षकमा भ्रमण खर्च बुझेका छन्। उनले २२ मा १० पटक प्रधानमन्त्रीसँग भेटघाट तथा छलफल गरेको भ्रमणमा उल्लेख गरेका छन्।

मुख्यमन्त्री शाहले २०८० साउन १ गते देखि २०८० साउन ८ गतेसम्मका ८ दिन प्रधानमन्त्री पुुष्पकमल दाहालको पत्नीको श्रद्धाञ्जली सभामा सहभागी हुन काठमाडौँ गएको उल्लेख गरेका छन। त्यो ८ दिनको खर्च बाफत उनले ३५ हजार ५२५ रकम बुझेका छन भने २०८० असोज २६ गते देखि २८ गतेसम्म पिएलजिएसपीको राष्ट्रिय निर्देशक समितिको बैठक भन्दै तीन दिनको खर्च ३० हजार ७११ रकम बुझेका छन। दिनेशखबरबाट

चर्चामा

सम्बन्धित समाचार