बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरा जिल्ला स्तरीय रनिङ शिल्ड आजदेखी सुरु हुने

बाजुरा जिल्ला स्तरीय रनिङ शिल्ड आजदेखी सुरु हुने

  • सोमवार, माघ १५, २०८०
बाजुरा जिल्ला स्तरीय रनिङ शिल्ड आजदेखी सुरु हुने

बाजुरा– माघ १५ गते अर्थात आजबाट  जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु हुने भएकाे छ । बुढीनन्दा नगरपालिकाको जनप्रकाश माविको खेल मैदानमा हुने शिल्डको तयारीका कामहरुलाई तिब्रता दिएको जिल्ला खेलकुद विकास समिति अध्यक्ष रोकेश थापाले बताएका छन् । जिल्ला खेलकुद समितिले गरेको निर्णय अनुसार माघ १५ देखि १८ गतेसम्म चार दिन बुढीनन्दा नगरपालिकाको कोल्टीमा शिल्ड आयोजना गर्ने निर्णय गरेको छ । समितिको सिंगो टिम र पालिका स्तरीय खेलकुद विकास समिति र शाखाहरु आयोजनामै खटिएका खेलकुद समितिले जनाएकाे छ ।

खेलको माघ १५ गते भव्य समारोहबीच प्रतिनिधी सभा सदस्य बद्री प्रसाद पाण्डेले उद्घाटन गर्ने कार्यक्रम रहेको आयाेजकले जनाएकाे छ । नौ वटै स्थानीय तहका करिब हजारको संख्यामा खेलाडी सहभागि हुने अनुमान गरिएको जनाएकाे छ । १८ वर्षमुनिका कक्षा १२ सम्म नियमित अध्ययन गर्ने छात्रछात्रा खेलाडी मात्रै प्रतियोगितामा सहभागि गराईने छ । खेलाडीलाई अनिवार्य १ प्रतिफोटो, जन्मदर्ताको प्रतिलिपी सहीत खेलाडीको फारम अनिवार्य भरिएको हुनुपर्ने, टिम खेलमा एउटा ईभेन्टमा मात्र एक मात्र सहभागि हुने पाउने भनिएको छ ।

एथ्लेष्टिक खेलाडीले १ फिल्ड १ ट्याक, २ फिल्ड २ ट्याक मात्र सहभागि हुन पाउने, मार्सलआर्टको कुनै पनि विधाका प्रशिक्षक विना खेलाडी सहभागि हुन नपाउने, प्रत्येक पालिकाका प्रशिक्षक र खेलाडीहरुको पहिचानको एउटै पोशाक, स्पोर्टस जुक्ता हुनुपर्ने र कबडी खेलाडीलाई निक्याप र राष्ट्रिय झण्डा, पालिकाको व्यानर सहीत सहभागि हुनुपर्ने बाजुरा जिल्ला खेलकुद समिति अध्यक्ष राकेश थापाले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार