बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • जगन्नाथ
  • राष्ट्रपति रनिंङ शिल्डमा पदक प्राप्त गर्ने खेलाडीलाई जगन्नाथले पुरस्कृत गर्ने

राष्ट्रपति रनिंङ शिल्डमा पदक प्राप्त गर्ने खेलाडीलाई जगन्नाथले पुरस्कृत गर्ने

  • आइतवार, माघ १४, २०८०
राष्ट्रपति रनिंङ शिल्डमा पदक प्राप्त गर्ने खेलाडीलाई जगन्नाथले पुरस्कृत गर्ने

बाजुरा– जिल्ला स्तरिय १४ औ राष्ट्रपति रनिंङ शिल्डमा पदक ल्याउने खेलाडीहरुलाई बाजुराको जगन्नाथ गाउँपालिकाले पुरस्कृत गर्ने भएको छ । सोमबारबाट बुढीनन्दा नगरपालिकाको जनप्रकाश माविमा संञ्चालन हुने रनिङ शिल्डमा एकल तथा सामुहिक खेल बिधामा प्रथम, द्धितिय र तृतिय स्थान हाँसिल गर्ने खेलाडीहरुलाई पुरस्कृत गर्ने निणर्य गरेको हो ।
आइतबार बसेको जगन्नाथ गाउँकार्यपालिकाको बैठकले रनिङ शिल्डमा पदक ल्याउने गाउँपालिकाबाट सहभागि खेलाडीलाई पुरस्कृत गर्ने निणर्य गरेको वडा नंः १ का अध्यक्ष तथा प्रवक्ता गणेश गिरीले बताएका छन । राष्टपति रनिंङ शिल्डमा एकल विधा तर्फ स्वणर् पदक प्राप्त गर्ने खेलाडीलाई ५ हजार, रजत पदक प्राप्त गर्ने खेलाडीलाई ३ हजार र कास्य पदक प्राप्त गर्ने खेलाडीलाई २ हजार रुपैयाँ प्रदान गर्ने गाउँपालिका अध्यक्ष काली बहादुर शाहीले बताए ।
त्यस्तै राष्ट्रपति रनिंङ शिल्डमा सामुहिक विधामा पदक प्राप्त गर्ने खेलाडीहरुलाई पनि पुरस्कृत गर्ने अध्यक्ष शाहीले बताए । जसमा भलिवलमा स्वणर् पदक प्राप्त गर्ने खेलाडीलाई ३० हजार, रजत पदक प्राप्त गर्नेलाई २० हजार र कास्य पदक प्राप्त गर्ने खेलाडीहरुलाई १० हजार रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।

त्यसैगरी रिलेदौडमा स्वणर् पदक प्राप्त गर्ने खेलाडीलाई १२ हजार, रजत पदक प्राप्त गर्नेलाई ८ हजार र कास्य पदक प्राप्त गर्ने खेलाडीलाई ४ हजार रुपैयाँ प्रदान गर्ने भएको छ । १४ औ जिल्ला स्तरिय राष्टपति रनिंङ शिल्डमा अनुशासित, मार्यादित र उत्साहका साथ खेल्न पनि गाउँपालिकाले आग्रह गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार