शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • बाजुराको गौमुलले एमबीबीएस डाक्टर पढाउन सुरु गर्यो, दमन धामी पढ्दै

बाजुराको गौमुलले एमबीबीएस डाक्टर पढाउन सुरु गर्यो, दमन धामी पढ्दै

  • आइतवार, माघ १४, २०८०
बाजुराको गौमुलले एमबीबीएस डाक्टर पढाउन सुरु गर्यो, दमन धामी पढ्दै

बाजुरा —बाजुराको गौमुल गाउँपालिकाले मेडिकल अधिकृत तथा एमबीबीएस डाक्टर पढाउन सुरु गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष देखि एमबीबीएस अध्ययनको लागि स्थानीय सरकारले छात्रवृत्ति दिने निर्णय सँगै पढाउन सुरु गरेको हो ।

गौमुल गाउँपालिका ३ बस्ने दमन धामीलाई काठमाडौ मेडिकल कलेजमा एमबीबीएस भर्ना गरेको छ । गाउँपालिकाले दमनलाई लाग्ने कलेजको शुल्क ४१ लाख ६८ हजार तिर्ने गरि भर्ना गरेको गाउँपालिका अध्यक्ष हरि बहादुर रोकायाले बताएका छन् । पहिलो किस्ता शुल्क बाफत पालिकाले १४ लाख शुल्क तिरेको गाउँपालिकाले जनाएको छ । दमन विपन्न र सरकारी बिद्यालयबाट एसईइ दिएका हुन् ।

दमनका बुवा विरे धामी दमन डेढ बर्षको हुदाँ भारतमा कामको सिलसिलामा मृत्यु भएको थियो । आमा धनकरी धामि गाउँमै कुटो कुदालो गरेर परिवार पाल्ने गरेकी छन् । दमनले एमबीबीएसको प्रबेश परिक्षामा १ हजार ४ नम्बरमा नाम निकालेका थिए । संघिय छात्रवृत्तिमा नाम निकाल्न नसकेपनि गाउँपालिकाले शुल्क तिर्ने गरि पढन पाउँदा निकै खुशी भएको दमनले वताएका छन् ।

दमनले एसईई गाउँमै रहेको बालविकास माबिबाट दिएका थिए । आएसी भने काठमाडौमा रहेको हिमालयन ह्याइट हाउस पढेका थिए । बुवा सानै उमेरमा गुमाएका दमनको सानै उमेर देखी डाक्टर पढने इच्छा थियो, तर आफु सँगै पैसा थिएन्, अहिले गाउँपालिकाले सहयोग गर्दा आफ्नो इच्छा पुरा हुने दमनले वताए ।

पालिकाले सरकारी विद्यालयबाट एसईई परीक्षा पास गरेको र स्थानीयलाई पालिकाले पहिलो प्राथमिकता दिएर पढाउन शुरु गरेको गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकायाले बताएका छन् । गाउँपालिकामा आएको निवेदनका आधारमा १ जना विद्यार्थीलाई छनोट गरी छात्रवृत्ति प्रदान गर्ने थियो । तर पालिकाभरीमा एकजनाले मात्र एमबीबीएसको प्रबेश परिक्षामा पास भएको पाइयो । अर्को उनि सरकारी विद्यालयबाट एसईई परीक्षा पास गरेकोले सबै मापदण्डका आधारमा पढन छनौट भएको अध्यक्षले वताए ।

पालिकाभित्रका विद्यार्थीलाई चिकित्सक बन्नलाई प्रोत्साहन गर्न यस्तो योजना ल्याइएको उपाअध्यक्ष सिता थापाले वताएकि छन् । गाउँपालिका भित्रका निम्न आय भएका परिवारका सदस्य पनि चिकित्सक बन्न सकुन भन्ने उद्देश्य लिएको उनले बताए । गौमुल गाउँपालिकामा १५ शैयाको अस्पताल निर्माणाधीन छ । आगामी वर्षदेखि गाउँपालिकामै अस्पताल सञ्चालनमा आउँनेछ ।

पाँच वर्षमा एक चिकित्सक उत्पादन गर्ने लक्ष्यसहित यस्तो निर्णय गरिएको उपाध्यक्ष सीता थापाले बताएकी छन् । एमबीबीएस लगायत प्राविधिक विषयमा पढ्न सक्नेलाई सहयोग गर्न लागेको थापाको भनाई रहेको छ । पालिकाको सहयोगमा पढेका चिकित्सकले दुई वर्षसम्म गाउँपालिकामा अनिवार्य सेवा गर्ने शर्तमा अध्यापन गराउने गरी कार्यपालिकाले निर्णय गरेको हो ।

पढ्ने सक्ने क्षमता भएका तथा आर्थिक अभावका कारण समस्यामा परेकालाई स्थानीय सरकारले प्राथमिकता दिएको प्रमुख प्रशासकीय अधिकृत जगदीश प्रसाद भट्टले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार