शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • सहकारीहरु प्रविधिमैत्री र जनमैत्री हुनुपर्छ : उपप्रमुख थापा

सहकारीहरु प्रविधिमैत्री र जनमैत्री हुनुपर्छ : उपप्रमुख थापा

  • शनिबार, माघ १३, २०८०
सहकारीहरु प्रविधिमैत्री र जनमैत्री हुनुपर्छ : उपप्रमुख थापा

बाजुरा– एक कार्यक्रममा बाेल्दै बडिमालिका नगरपालिका उप प्रमुख नन्दा थापाले सहकारीहरु प्रविधिमैत्री र जनमैत्री हुनुपर्ने  बताएकी छन  । नगरपालिकाले आयाेजना गरेकाे सहकारी कोपोमिस तालिमको समापन कार्यक्रममा उप प्रमुख थापाले यस्तो बताएकी हुन । सहकारी मागिखाने भन्दा पनि गरिखाने हुनुपर्ने उनले बताइन ।

पछिल्लो समय सहकारीहरुले सहकारीको मर्म उदेस्य बिपरित देखीएकोले यो तालिमबाट केही प्रगती हुने अपेक्षा सहित सहकारीहरुले उत्पादन र उत्पादकको मार्गदर्शक बन्नुपर्ने बताएकी छन । अहिले गाउँ गाउँमा सहकारी छन सबै सहकारीले आफ्नालाई मात्र रिण दिने लगायतका गतिबीधी बढ्दै गएको गुनासो रहेकोले सहकारीहरुले नियम बिपरित गरेको पाईएमा सहकारी ऐन अनुसार कार्बाहीको लागि अगाडी बढ्ने समेत बताएकी छन् ।

बडिमालिका नगरपालिकाका नगर क्षेत्रमा रहेका सहकारीहरुलाई ३ दिनको कोपोमिस तालिम दिएको छ । नगरकाे नियमन क्षेत्रभित्र रहेका सहकारीहरुलाई सहकारीकाे वित्तिय प्रतिवेदन, बार्षिक गतिव‍िधि शेयर सदस्यहरुकाे विवरण लगायतका बिषयबस्तुमा आधारीत रही ३ दिने सहकारी तालिम शनिबार एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।

सहकारीमा अध्यक्ष, व्यवस्थापक र लेखा सुपरिवेक्षण समितिको काम कर्तव्य र अधिकार,सहकारीका खाताहरु, सहकारी व्यवस्थापनमा रहने भुमिका, कोपोमिस,पर्लस, सम्पत्ति शुद्धीकरण, सहकारीका आधारभूत मुल्य, मान्यता र सिद्धान्त लगायतका विभिन्न बिषयमा जानकारी दिईएको कार्यक्रमका सहभागी राम बहादुर खत्रीले बताए । कोपोमिस सम्बन्धी नयाँ बिषय भएकोले यस बिषयमा राम्रो शिक्षा प्रदान गरिएको र कोपोमिस प्रणालीलाई लागु गर्न सबै सहकारीले अनिबार्य रहेको उनले बताए । तालिम पश्चात् सिकेका कुराहरु हरेक सहकारीमा लागू गर्न प्रयत्न गर्ने सहभागी सरिता दास नेपालले बताईन । यस्ता कार्यक्रमहरु संचालनमा आईरहनु पर्नेमा सहभागिहरुले जोड दिएका थिए ।

कार्यक्रम बडिमालिका नगरपालिकाको आयोजनामा सम्पन्न भएको बडिमालिका नगरपालिकाका सहकारी शाखा प्रमुख कृष्ण खड्काले बताए । ३ दिने तालिमको एक कार्यक्रमका बिच शनिबार समापन गरिएको छ । बडिमालिका नगरपालिका भित्र २७ वटा सहकारी रहेकोमा १८ सहकारीहरुको सहभागिता रहेको खड्काले बताए ।

बडिमालिका नगरपालिका नगर उप प्रमुख नन्दा थापाको अध्यक्षतामा संचालन भएको कार्यक्रममा बडिमालिका नगरपालिका २ का वडा अध्यक्ष डम्मर महत, निमित्त प्रमुख प्रशासकिय अधिकृत पुष्पराज भट्ट लगायतको उपस्थिती रहेको थियो । बडिमालिका नगरपालिका भित्रका सहकारीका अध्यक्ष र व्यवस्थापकहरुका लागि ३ दिने सहकारीता र कोपोमिस तालिम नगरपालिकाको सभा हलमा संचालन गरिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार