मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • क्रिकेट
  • यू-१९ क्रिकेट टिमका कप्तान देव खनाललाई तिलोत्तमा नगरपालिकाले ५० हजार पुरस्कार दिने

यू-१९ क्रिकेट टिमका कप्तान देव खनाललाई तिलोत्तमा नगरपालिकाले ५० हजार पुरस्कार दिने

  • शनिबार, माघ १३, २०८०
यू-१९ क्रिकेट टिमका कप्तान देव खनाललाई तिलोत्तमा नगरपालिकाले ५० हजार पुरस्कार दिने

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नेपाली क्रिकेट टोली (यु १९)का क्याप्टेन देव खनाललाई ५० हजार नगद सहित सम्मान गर्ने भएको छ।

शुक्रवार सम्पन्न आइसिसी यू–१९ विश्वकप २०२४ को समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई पराजित गर्दै सुपर ६ मा प्रवेश गरेपछि कप्तान खनाललाई सम्मान गर्ने निर्णय भएको तिलोत्तमा नगरपालिकाले जनाएको छ।

तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य सुरेन्द्र श्रीका अनुसार खनाल तिलोत्तमा नगरपालिकाका बासिन्दा भएको र उनको कप्तानीमा खेल सुपर ६ मा प्रवेश गरेकोले पुरस्कार स्वरुप ५० हजार रुपैयाँ दिने निर्णय भएको हो।

´नेपालको शीर उँचो राख्ने काम देव खनालको अगुवाइमा भएको छ उनी हाम्रै पालिकाका बासिन्दा पनि हुन् त्यसैले नगर प्रमुख रामकृष्ण खाणको अध्यक्षतामा बसेको बैठकले उक्त पुरस्कार दिने निर्णय भएको हो, सुरेन्द्र श्रीले भने।

Laxmi bank
यसअघि पनि तिलोत्तमा नगरपालिकाले आइसिसी विश्वकप लिग–२ मा उत्कृष्ट खेल प्रर्दशन गरी नेपाललाई विजयी बनाउन भुमिका निर्वाह गरेका कुशल भुर्तेल, देव खनाल र मौसम ढकाललाई जनही ५० हजार नगद सहित सम्मान गरेको थियो।

´हामीले नगरका खेलाडीहरुलाई उर्जा दिनु पर्छ भनेर ५० हजार पुरस्कार दिने निर्णय गरेका हौं,खेलकुद क्षेत्रको बिकासमा हामी सधै युवाहरुको साथमा रहन्छौं,’ नगर प्रमुख रामकृष्ण खाणले भने।

नेपालले समूह ‘डी’ को अन्तिम खेलमा शुक्रबार अफगानिस्तानलाई १ विकेटले पराजित गर्दै नेपाल समूह ‘डी’मा तेस्रो बन्दै सुपर–६ मा पुगेको हो।

अफगानिस्तानसँग रोमाञ्चक जित निकाल्ने क्रममा नेपालले १४६ रनको लक्ष्य ९ विकेटको क्षतिमा ४४.४ ओभरमा पूरा गरेको थियो। नेपालको जितमा कप्तान देव खनालले अर्धशतक प्रहार गरेका थिए। सातौं विकेटको रुपमा आउट हुनुअघि उनले ८९ बलमा ७ चौका प्रहार गर्दै ५८ रन जोडेका थिए।

चर्चामा

सम्बन्धित समाचार