मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • क्रिकेट
  • नेपालले लियो अफगानिस्तानको आठौं विकेट

नेपालले लियो अफगानिस्तानको आठौं विकेट

  • शुक्रबार, माघ १२, २०८०
नेपालले लियो अफगानिस्तानको आठौं विकेट

काठमाडौं— नेपालले आईसीसी यू-१९ विश्वकप २०२४ मा सुपर सिक्समा पुग्न निर्णायक खेलमा अफगानिस्तानको आठौं विकेट लिएको छ ।

स्पिनर दीपेश कँडेलले २१ औं ओभरको तेस्रो बलमा अरब गुललाई शून्यमा एलबीडब्लू आउट गरे ।

बफेलो पार्क इस्ट लन्डनमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तानले २१ ओभरमा ८ विकेट गुमाउँदै ८८ रन बनाएको छ ।

सातौं विकेटको रुपमा मोहम्मद अल्लाह घजान्फर २१ बलमा ४ चौका र ३ छक्कासहित ३७ रनमा आउट भएका थिए । एक समय ४३-६ को अवस्थामा पुगेको टोलीलाई झिनो आशा बचाउन उनले आक्रामक क्रिकेट खेलेका थिए ।

उनी स्पिनर तिलकराज भण्डारीको बलमा ठूलो सट खेल्ने धुनमा सुवास भण्डारीबाट क्याच आउट भए । नेपाललाई तीव्र गतिका बलर गुल्शन झाले पहिलो ओभरको चौथो बलमा ओपनर नौमान साहलाई शून्यमा क्याच आउट गरे ।

उनी टप एज लागेर दीपक डुम्रेबाट क्याच आउट भएका थिए । त्यसपछि आकाश चन्दले पाँच विकेट लिदै खेलमा हाबी गराएका थिए ।

आकाश चन्दको दोस्रो ओभरको तेस्रो बलमा एज लागेर खलिद टनिवाल विकेटकिपर विपिन रावलबाट क्याच आउट भए ।

जाश्मिद जद्रानलाई ३ रनमा बोल्ड आउट गरे । त्यसपछि सोहिल खानलाई ४ र अली अहमदलाई शून्यमा आउट गर्दै ३४-५ को दयनीय अवस्थामा पुर्‍याएका आकाशले २० रन बनाएका हसन इशाखिललाई आउट गर्दै आफ्नो पाँचौं विकेट लिएका थिए ।

चर्चामा

सम्बन्धित समाचार