मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • राजनीति
  • कोशी प्रदेशमा कृष्ण सिटौला विजयी

कोशी प्रदेशमा कृष्ण सिटौला विजयी

  • बिहिबार, माघ ११, २०८०
कोशी प्रदेशमा कृष्ण सिटौला विजयी

विराटनगर — नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् ।

कोशी प्रदेशबाट अन्यतर्फ उम्मेदवार बनेका सिटौलाले एमाले-राप्रपा गठबन्धनका उद्धव पौडेललाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

सिटौलालाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको समर्थन थियो ।

प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिले मतदान गर्ने निर्वाचनमा सत्ता गठबन्धनका केही मतदाताले राप्रपा उम्मेदवारलाई मतदान गरे पनि सिटौलाले पौडेलले भन्दा बढी मत पाए ।

चर्चामा

सम्बन्धित समाचार