शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • राजनीति
  • कर्णालीमा सत्ता गठबन्धनका तीनै जना उम्मेदवार विजयी

कर्णालीमा सत्ता गठबन्धनका तीनै जना उम्मेदवार विजयी

  • बिहिबार, माघ ११, २०८०
कर्णालीमा सत्ता गठबन्धनका तीनै जना उम्मेदवार विजयी

राष्ट्रिय सभा निर्वाचनमा कर्णाली प्रदेशमा सत्ता गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन्।

बिहीबार अपराह्न आएको मतपरिणामअनुसार गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएको सहायक निर्वाचन अधिकृत उज्वल रावलले जानकारी दिए।

गठबन्धनबाट अन्यतर्फ नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ नेकपा (एकीकृत समाजवादी) की सावित्री मल्ल र दलिततर्फ नेकपा माओवादी केन्द्रका विष्णु बहादुर विक उम्मेदवार छन्।

नेकपा एमालेबाट अन्यतर्फ डिल्लीप्रसाद भट्ट, महिलातर्फ विमलाकुमारी शाही, दलिततर्फबाट हिक्मतबहादुर विक उम्मेदवार छन्। गठबन्धनका उम्मेदवारले जितेपनि मतभार सार्वजनिक भइसकेको छैन।

चर्चामा

सम्बन्धित समाचार