आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • क्रिकेट
  • पाकिस्तानविरुद्ध नेपालको सम्हालिएको सुरुवात

पाकिस्तानविरुद्ध नेपालको सम्हालिएको सुरुवात

  • बुधबार, माघ १०, २०८०
पाकिस्तानविरुद्ध नेपालको सम्हालिएको सुरुवात

काठमाडौं —नेपालले आईसीसी यू-१९ विश्वकप २०२४ को आफ्नो दोस्रो खेलमा पाकिस्तानविरुद्ध सम्हालिएको सुरुवात गरेको छ ।

दक्षिण अफ्रिकाको बफेलो पार्कमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले १४ ओभरमा २ विकेट गुमाउँदै ६७ रन बनाएको छ ।

नेपालका विपिन रावल ४० बलमा ३ चौका र १ छक्कासहित २९ रनमा क्रिजमा छन् । उनलाई कप्तान देव खनालले २२ बलमा २ चौकासहित १४ रनमा साथ दिएका छन् ।

तेस्रो विकेटका लागि देव र विपिनले २४ रनको साझेदारी गरेका छन् ।

नेपालका ओपनर अर्जुन कुमाल भने आजको खेलमा चल्न सकेनन् । उनी अहमद हसनको पाँचौं ओभरको दोस्रो बलमा ६ रनमा बोल्ड आउट भए ।

त्यसपछि आएका आकाश त्रिपाठी अहमद हसनको बलमा ६ रनमै क्याच आउट भए ।

अर्जुनले पहिलो खेलमा न्युजिल्यान्डविरुद्ध ९० रनको एक यादगार इनिङ खेलेका थिए ।

नेपालले आजको खेलमा टोलीमा तीन परिवर्तन गरेको छ । दुई दीपक बोहरा र तिलक भण्डारीलाई बेञ्चमा राखेको छ । दीपक डुम्रे, विपिन रावल र दुर्गेश गुप्तालाई मौका दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार