आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • क्रिकेट
  • गण्डकीसँग कोशीको लज्जास्पद हार, २५ रनमै अलआउट

गण्डकीसँग कोशीको लज्जास्पद हार, २५ रनमै अलआउट

  • आइतवार, माघ ७, २०८०
गण्डकीसँग कोशीको लज्जास्पद हार, २५ रनमै अलआउट

काठमाडौँ — प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशको खराब प्रदर्शन आइतबार पनि जारी रह्यो । मूलपानी क्रिकेट मैदानमा कोशी प्रदेश गण्डकी प्रदेशसँग १४२ रनले पराजित भयो ।

गण्डकीसँग कोशीको लज्जास्पद हार, २५ रनमै अलआउट
कोशी प्रदेशले प्रतियोगितामा अहिलेसम्म खेलेका ६ वटै खेलमा हार बेहोर्दै पुछारमा रहेको छ । १६८ रनको लक्ष्य पछ्याएको कोशी १५.२ ओभरमा २५ रन बनाएर अलआउट भएको हो ।

कोशी प्रदेशका लागि कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । कप्तान अंकित सुवेदीले बनाएको ८ रन नै टिमका लागि व्यक्तिगत उच्च स्कोर रह्यो । शून्य रनमा पहिलो विकेट गुमाएको कोशी २/८, ३/१३, ४/१६, ५/१६, ६/१६, ७/१७, ८/२१, ९/२४ हुँदै २५ रनमा समेटिन पुगेको हो ।

गण्डकी प्रदेशका लागि सबैभन्दा बढी बिपिन खत्रीले ६ विकेट लिए । ७ ओभर बलिङ गरेका उनले ३ ओभर मेडन राख्दै मात्र ४ रन खर्चिए । त्यस्तै सन्दीप पराजुलीले ३ विकेट लिँदा अंकित न्यौपानेको नाममा १ विकेट रह्यो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गण्डकीले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै १६७ रन बनाएको थियो । गण्डकीका लागि मुस्कान थापाले ६७ रनको योगदान गरे । त्यस्तै कप्तान बिपिन खत्रीले ४२ रन बनाए । कोशी प्रदेशका लागि अभ्यास तिमिल्सिनाले ६ विकेट लिए । त्यस्तै फिर्दोस अन्सारी, कमल खत्री र सोनु मण्डलले १/१ विकेट लिए ।

चर्चामा

सम्बन्धित समाचार