आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • समाज
  • बाजुरा अदालतको गाडी डोटीमा दुर्घटना

बाजुरा अदालतको गाडी डोटीमा दुर्घटना

  • शुक्रबार, माघ ५, २०८०
बाजुरा अदालतको गाडी डोटीमा दुर्घटना

बाजुरा —बाजुरा जिल्ला अदालतको गाडी डोटीमा दुर्घटनामा परेको छ । शुक्रबार बिहान ११ बजे बाजुराबाट दिपायल जादैँ गरेको जिल्ला अदालतको गाडी शिलगढी नगरपालिका ६ नाचनथलीको मोड नजिक दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

डडेल्धुराको अजयमेरू गाउँपालिका ४ का बर्ष ३० का दिपकराज पाण्डेयले चलाएका अदालतको बा १ झ ८१८४ नं. को गाडी ब्रेक फेल दर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

गाडी दुर्घटना हुँदा कुनै मानविय क्षती भएको छैन भने सडक पनि अवरोध नभएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख कबिन्द्रसिंह बोहोराले जानकारी दिएका छन ।

दुर्घटना भएको स्थानमा अहिले प्रहरीको टोली खटिएको छ भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार