बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • बडिमालिका
  • कृषि जैविक विविधता दिवस कार्यक्रममा बुढीगंगा प्रथम

कृषि जैविक विविधता दिवस कार्यक्रममा बुढीगंगा प्रथम

  • बिहिबार, माघ ४, २०८०
कृषि जैविक  विविधता दिवस कार्यक्रममा बुढीगंगा प्रथम

बाजुरा– बाजुरा जिल्ला स्तरिय आयोजित दोस्रो राष्ट्रिय जैविक विविधता दिवसको अवसरमा आयोजित सप्ताह कार्यक्रममा बुढिगंगा नगरपालिका प्रथम भएएको छ । सदरमुकाम मार्तडीमा आयोतिज सप्ताह कार्यक्रममा ९ वटा स्थानिय तहमा उत्पादन कृषि सामग्रीहरु विउको प्रदर्शन गरिउको थियो ।
कार्यक्रमममा स्थानिय तहमा लोपउन्मुख प्रजातिका वालीको संरक्षण, विविधता सम्वन्धिका विउसको संख्या प्रर्दशनीमा राखिएका रामग्रीको प्याकीङ्ग, लगाएतका मापदण्ड बनाएर मुल्याङ्कन गरिएको बडिमालिका नगरपालिका कृषि शाखामा कार्यरत कर्मचारी रमेश विकले बताए ।
मुल्याङ्कन टोलीले बनाएको मापदण्डका आधारमा सवै भन्दा बढी प्रजातिका विउ लोपउन्मुख प्रजातिक विउ संरक्षणमा बुढिगंगा नगरपालिकामा बढि देखीएको छ ।
सप्ताह समारोह कार्यक्रममा दोस्रोमा सदरमुकाम समेत रहेको बडिमालिका नगरपालिका र तेस्रो स्वामीकार्तिक खापर गाउपालिका भएका छन् ।
पहिलो हुने बुढिगंगा नगरपालिकालाई ५ हजार बरावरको कृषि जन्य सामग्री पुरस्कार दिएको छ भने दोस्रो र तेस्रो हुनेलाई पनि कृषि सामग्री पुरस्कार दिएको छ । सहभागी सवै स्थानिय तहरुलाई कृषि सामग्री सहयोग गरीएको आयोजकले जनकारी दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार