बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा बिविध कार्यक्रम गरि मनाइयो जैविक विविधता सप्ताह

बाजुरामा बिविध कार्यक्रम गरि मनाइयो जैविक विविधता सप्ताह

  • बिहिबार, माघ ४, २०८०
बाजुरामा बिविध कार्यक्रम गरि मनाइयो जैविक विविधता सप्ताह

बाजुरा– बाजुरामा जैविक विविधतामा आधारीत दोस्रो राष्ट्रिय कृषि जैविक विविधता सप्ताह विविध कार्यक्रम गरि मनाईएको छ । कार्यक्रममा कृर्षि मेला तथा जैविक विविधतामा आधारीत बिउहरुको प्रर्दशन गरिएको छ । ‘कृषि जैविक विविधता, हाम्रो अमूल्य सम्पदा संरक्षण एवं दिगो उपयोग, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ माघ १ गते देखी सप्ताह ब्यापी रुपमा मनाउदै आएको सो कार्यक्रम बाजुरामा पनि दोस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाइएको छ ।
नेपालको संविधानमा जैविक स्रोतको संरक्षण र दिगो उपयोगलाई उच्च महत्व दिई राज्यको नीतिमा उल्लेख जैविक विविधता संरक्षणमा तीन वटै तहको सरकारको भूमिका रहनुपर्ने जिल्ला समन्वय समिति बाजुराका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि तुलसीराम रोकायाले बताए । जैविक विविधतामा नेपाल धनी देश भए पनि पछिल्लो समय जलवायु परिवर्तन तथा आधुनिक खेती प्रणालीका कतिपय नकारात्मक प्रभावका कारण समग्र जैविक विविधतामा ह्रास आइरहेकोले यस तर्फ सबैको ध्यान जानुपर्ने समन्वय प्रमुख रोकायाले बताए ।
कृषि आन्वंशिक स्रोत कृषि बाली एवं सम्बन्धित जङ्गली प्रजाति, घाँसे बाली, पशुपन्छी, मत्स्य एवं जलीय आनुवंशिक स्रोतको भरपुर प्रयोगमा जोड दिन कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारी भिमाकान्त पौडेलले बताए । स्थानिय तह, प्रदेश सरकार र संघिय सरकाले जैबिक बिबिधतामा आधारीत कृषि तथा रैथानी बाली प्रबद्धानआत्क योजनाहरुलाई प्राथमिकतामा राख्नुपर्ने प्रजिअ पौडलको भनाइ रहेको छ ।
२०७९ सालमा सरकारको मन्त्रीपरिषद्को बैठकले प्रत्येक माघ १ गते राष्ट्रिय कृषि जैविक विविधिता दिवस मनाउने निणर्य गरेको थियो । माघ १ गतेदेखि साताव्यापी रूपमा यो दिवस मनाउने निणर्य भएकोले बाजुरामा पनि कृषि बिउ बिजन तथा रैथाने बालीको प्रबद्धन गर्ने उदेस्यले सो कार्यक्रम मनाइएको बडिमालिका नगरपालिकाका प्रबक्ता धर्मराज पाध्यायले बताए ।
माघ १ गते दिवस भए पनि  मूल कार्यक्रम गरिएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । माघ १ देखि ७ गते सम्म दिवसका अवसरमा मौलिक उत्पादन मेला आयोजना गर्ने कार्यक्रम अन्तरगत सदरमुकाम मार्तडीमा नौ ओटै स्थानिय तहको सहभागीतामा कषि ज्ञान केन्द्र बाजुरा र बडिमालिका नगरपालिकाको आयोजनामा सो कार्यक्रम गरिएको बडिमालिका नगरपालिका कषि शाखाका प्रमुख प्रेम महतले बताए ।
माघ ४ गते दिवस मूल समारोहसँगै कृषि जैविक एवं रैथाने बाली उपज प्रदर्शनी र सम्मान कार्यक्रमको आयोजना जिल्लाका नौ ओटै स्थानिय तहको सहभागीतामा सो कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा रैथाने बाली परिकारको समेत प्रर्दशन गरिएको थियो ।
बडिमालिका नगरपालिका उप प्रमुख नन्दा थापाको अध्यक्षतामा संचालन भएको कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया रहेका थिए । कार्यक्रममा खप्तड छेडेदह गाउँपालिका अध्यक्ष दिल बहादुर रावत प्रमुख जिल्ला अधिकारी भिमाकान्त पौडेल बिषिष्ठ अतिथि रहका थिए । बडिमालिका नगरपालिका कृषि शाखाका रमेश विकले संचालन गरेको कार्यक्रमको स्वागत बडिमालिका नगरपालिकाका प्रबक्ता धर्मराज पाध्यायले गरेका थिए ।

बडिमालिका नगरपालिका कृषि शाखा र कृषि ज्ञान केन्द्र बाजुराको आयोजनामा संचालन गरिएको कार्यक्रमको समन्वय तथा सहयो यूएनडिपी रिरास, लिवर्ड, गरापीइ, आईएनएफ नेपाल गिफ्ट नेपाल र सामुदायीक बिकाश परियोजनाको रहेको थियो । जिल्लाका नौ ओटै स्थानिय तहका बिभिन्न रैथाने वालीका बिउहरुका स्टल तथा रैथाने बालीबाट उत्पादन गरिएका परिकारहरुको छुट्टाछुट्टै स्टलहरु रहेका थिए ।

चर्चामा

सम्बन्धित समाचार