शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • धार्मिक
  • आज २०८० साल माघ २ गते मंगलबारको राशिफल

आज २०८० साल माघ २ गते मंगलबारको राशिफल

  • मङ्लबार, माघ २, २०८०
आज २०८० साल माघ २ गते मंगलबारको राशिफल

मेष(चु चे चो ला लि लु ले लो अ) अकस्मात शुभ समाचार प्राप्त होला। पत्नीका नामको कारोबार सञ्चालनमा आउला। मान्यजनको साथ प्राप्त होला।

बृष(इ उ ए ओ वा वी वु वे वो) प्राकृतिक विपत्तिको सामना गर्नुपर्नेछ। धार्मिक कार्यमा प्रेरित बनिएला। पारिवारिक दायित्व बढेर जानेछ।

मिथुन(का कि कु घ ङ छ के को हा) स्वास्थ्यमा देखिएको समस्या हटेर जानेछ। नकारात्मक सोचबाट प्रभावित बनिएला। सन्तान सुख प्राप्त होला।

कर्कट(ही हु हे हो डा डि डु डे डो) ग्रहको प्रतिकुल प्रभाव बढ्नेछ। नयाँ लगानीमा बिचार पुर्‍याउनु पर्ला। अध्यनका लागि समय आवश्यक रहला।

सिंह(मा मि मू मे मो टा टी टु टे) मनमा चञ्चलता छाउनेछ। वित्तीय क्षेत्रको काममा अग्रसर बनिएला। छोटो दूरीको यात्राको योग बन्नेछ।

कन्या(टो प पी पु ष ण ठ पे मो) तारिफयोग्य कार्य सम्पन्न होला। व्रत पूजाको लागि अभिप्रेति बनिनेछ। प्राविधिक शिक्षा सफल बन्नेछ।

तुला(र री रु रे रो ता ती तू ते) नोकरीका लागि गरिएको प्रयास सफल बन्नेछ। परस्त्रीको पूर्ण विश्वास नलिनुहोला। मनमा प्रसन्नता उत्पन्न होला।

बृश्चिक(तो ना नी नू ने नो या यि यु) प्रतिस्पर्धात्मक कार्यमा अब्बल बनिनेछ। एकल निर्णय घातक बन्नेछ। कपडासम्बन्धी व्यवसाय शुभ रहला।

धनु(ये यो भ भि भु ध फा ढ भे) आर्थिक व्ययभारले सताउनेछ। परीक्षाफल सोचेअनुरुप आउला। सञ्चार माध्यमको विषयले चिन्तित बनिएला।

मकर(भो ज जि खि खु खे खो गा गि) शेयर कारोबार शुभ बन्नेछ। मातापिताको स्वास्थ्यमा समस्या आउनेछ। पशु व्यवसायमा रुचि बढ्नेछ।

कुम्भ ( गू गे गो सा सी सु से सो द) आफूले गरेको काममा सन्तुष्टि मिल्नेछैन। अध्ययनको शिलसिलामा स्थान परिवर्तित होला। पुत्र प्राप्तिको योग रहेको छ।

मीन (दि दू थ भ ञ दे दो चा ची) — कलाकारितामा अग्रसर बनिनेछ। हवाई यात्राको अवसर प्राप्त होला। छात्रछात्रामा दिन शुभ रहला।

चर्चामा

सम्बन्धित समाचार