शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा डेढ बर्षमा महिला हिंसाका ७४ जनाविरुद्ध प्रहरीमा ठाडो उजुरी

बाजुरामा डेढ बर्षमा महिला हिंसाका ७४ जनाविरुद्ध प्रहरीमा ठाडो उजुरी

लैंगिक हिंसाका घटना पनि बढे

  • आइतवार, पुस २९, २०८०
बाजुरामा डेढ बर्षमा महिला हिंसाका ७४ जनाविरुद्ध प्रहरीमा ठाडो उजुरी

बाजुरा —बाजुरामा महिला हिंसा र लैंगिक हिंसा दिनप्रतिदिन बढ्दै गएको पाइएको छ । जिल्लामा डेढ बर्षको अवधिमा ७४ जनाविरुद्ध ठाडो उजुरी/ निवेदन परेको प्रहरीको तथ्यांकले देखाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराको तथ्यांक अनुसार आर्थिक बर्ष २०७९/८० मा मात्रै महिला हिंसाका ४२ र लैंगिक हिंसाका १२ गरि ५४ जनाविरुद्ध ठाडो उजुरी परेको छ । त्यस्तै आर्थिक बर्ष २०८०/८१ को पुषमसान्त सम्म महिला हिंसाका १७ र लैंगिक हिंसाका ३ गरि २० जनाविरुद्ध उजुरी परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । यस्तो उजरी दैनिक रुपमा बढ्दो क्रममा रहेको कार्यालयले जनाएको छ । महिला हिंसा तथा लैंगिक हिंसा विरुद्ध परेका धेरैजसो उजुरी मिलापत्रबाट टुंग्याइएको जिल्ला प्रहरी कार्यालय बाजुराले बतााएको छ ।

महिला हिंसामा परेका उजरीमा सबैभन्दा बढि महिला घरेलु हिंसाबाट पिडित भएको प्रहरीको तथ्यांकले देखाएको छ । त्यसै गरि लैंगिक हिंसाका उजुरीमा महिला तथा पुरुष दुवै पिडित भएका देखिन्छ । महिला हिंसा र लैंगिक हिंसा न्युनिकरण तथा हक अधिकारको क्षेत्रमा काम गर्ने भन्दै थुप्रै संघसंस्थाहरु लागेका भएपनि यस्ता हिंसा भने रोकिएकाे छैन् ।

२०६६ मा जारी भएको घरेलु हिंसा कसुर तथा सजाय ऐनले शारीरिक, मानसिक, यौनजन्य र आर्थिक यातनालाई घरेलु हिंसाका रुपमा परिभाषित गरेको छ । ऐनले यो अपराध प्रमाणित भएमा तीन हजारदेखि २५ हजारसम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार