बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • समाज
  • बागलुङमा जिप दुर्घटना, दुई जनाको मृत्यु, नौ घाइते

बागलुङमा जिप दुर्घटना, दुई जनाको मृत्यु, नौ घाइते

  • शनिबार, पुस २८, २०८०
बागलुङमा जिप दुर्घटना, दुई जनाको मृत्यु, नौ घाइते

बागलुङ— बागलुङमा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । शनिबार बिहान बुर्तिबाङ बजारबाट ढोरपाटन उपत्यका गइरहेको जिप ढोरपाटन नगरपालिका–५ अस्तुमा दुर्घटना भएको हो ।

दुर्घटनामा जिप चालक ढोरपाटन नगरपालिका–४ का ३० वsर्षीय तिलक घर्तीमगर र चन्द्रागिरि नगरपालिका–११ काठमाडौँकी २८ वर्षीय सङ्गीता अधिकारीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।

दुर्घटनामा नौ जना घाइते भएका छन् । जिपको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते नौ जनाको उद्धार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको छ ।

चर्चामा

सम्बन्धित समाचार