शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • समाज
  • बझाङमा भूकम्पको धक्का

बझाङमा भूकम्पको धक्का

  • शनिबार, पुस २८, २०८०
बझाङमा भूकम्पको धक्का

चैनपुर — बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार राति ११ बजेर ३२ मिनेट जाँदा भूकम्पको गएको हो ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार छविसपाथिभेरा गाउँपालिकाको पतालचौर आसपास केन्द्र भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको हो । साे भुकम्पकाे धक्का बाजुरा सहित सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा महशुस गरिएकाे थियाे ।

बझाङमा गत असोज १६ गतेको भूकम्पपछि लगातार पराकम्पको गइरहेको छ । सदरमुकाम चैनपुरमा भूकम्पले घरहरू हल्लिएपछि स्थानीयहरू खुला चौरमा आएर फेरि घर फर्किएका छन् ।

चर्चामा

सम्बन्धित समाचार