शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • नेपाल टेलिकमको विन्टर अफर सार्वजनिक, यस्ता छन् सुविधा ?

नेपाल टेलिकमको विन्टर अफर सार्वजनिक, यस्ता छन् सुविधा ?

  • शुक्रबार, पुस २७, २०८०
नेपाल टेलिकमको विन्टर अफर सार्वजनिक, यस्ता छन् सुविधा ?

काठमाडौं– नेपाल टेलिकमले ‘विन्टर अफर–२०८०’ सार्वजनिक गरेको छ । आज देखि लागु हुने गरी सार्वजनिक गरिएको अफरमा फोरजी डाटा अफरलाई अझै आकर्षक बनाइएको कम्पनीले जनाएको छ ।

यस अनुसार १ दिनका लागि १९ रुपैयाँमा ४०० एमबी र ३३ रुपैयाँमा १२०० एमबी डाटा उपलब्ध हुनेछन् ।

त्यसै गरी ७ दिनका लागि१०९ रुपैयाँमा ५ जीबी र २८ दिनका लागि २९८ रुपैयाँमा ७ जीबी डाटा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार स्टे कनेक्टेड प्याक अन्तर्गत ५ दिनका लागि १०९ रुपैयाँमा ६ जीबी डाटा तथा १३९ रुपैयाँमा ६ जीबी डाटा र १७० मिनेट अन–नेट भ्वाइस उपलब्ध हुनेछ । त्यसै गरी २ घण्टाका लागि ३५ रुपैयाँमा अनलिमिटेड प्याक उपलब्ध हुनेछ ।

यस अघि उपलब्ध अल टाइम भ्वाइस प्याक, अनलिमिटेड प्याक, डाटा प्याक, सोसल मिडिया प्याक, स्टे कनेक्टेड प्याक, एसएमएस प्याक, एमटूएम प्याक लगायतका विभिन्न प्याकहरू समेत उपलब्ध हुनेछ । त्यसै गरी नेपाल टेलिकम एप डाउनलोड गर्दा उपलब्ध हुने १ जीबी डाटा प्याक पनि निरन्तर रूपमा उपलब्ध हुने जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार