शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • समाज
  • कैलालीको दुई घरबाट साढे ९ तोला सुन, ४६ हजार नगद चोरी

कैलालीको दुई घरबाट साढे ९ तोला सुन, ४६ हजार नगद चोरी

  • शुक्रबार, पुस २७, २०८०
कैलालीको दुई घरबाट साढे ९ तोला सुन, ४६ हजार नगद चोरी

धनगढी— कैलालीमा चोरहरुको बिगबिगी बढेको छ। सहरी क्षेत्र हुँदै ग्रामीण भेगसम्मै चोरी हुनेक्रम बढेको छ।

पौष २० गते चोरहरुले दुई घरबाट साढे ९ तोला सुन, ४६ हजार नगद र चाँदीका गरगहना समेत चोरी गरेको पीडितले गुनासो गरेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको आफ्नो घरबाट तीन तोला सुन, ४२ हजार नगद र ५ तोला चाँदी चोरी भएको तीर्थराज न्यौपानेले बताएका छन्।

‘आफु बुटवलबाट धनगढी घर आउँदा घरभित्र रहेका सबै गरगहना र नगद चोरी भएको पाए, प्रहरीलाई खबर गरे पनि अहिलेसम्म चोरी भएको सुन फेला परेको छैन्।’ त्यस्तै साढे ६ तोला सुन र चार हजार नगद कैलालीकै एक अर्को घरबाट पनि चोरी भएको छ। यही पौष २० गते रातिको समयमा गौरीगंगा नगरपालिका वडा नम्बर १ चौमालास्थित प्रकाश थापाको घरबाट साढे ६ तोला सुन र नगद चोरी भएको हो।

गरगहना चोरी भएको विषयमा प्रहरीमा निवेदन दिए पनि अहिलेसम्म खोजीकार्य नभएको थापाले गुनासो गरे। चोरले छड्के तिलहरी एक तोला, माइली तिलहरी पाँच आना, पाइप जन्तर ७ आना, झुम्का १२ आना, हार साढे एक तोला र रानी हार चार आना चोरी भएको छ।

त्यस्तै चोरले मोति क्लिक १५ आना, शिरबन्दी पाँच आना, टप तीन आना, औठी ६ आना र बाला एक तोला घरभित्रैबाट गायब भएको थापाले बताए। न्यौपाने र थापा दुबै जनाले आफ्नो श्रीमतीका गरगहना हराएको भन्दै प्रहरी कार्यालय र नेपाल सुनचाँदी व्यावसायी महासंघमा समेत खोजीकार्यमा सहयोगका लागि निवेदन दिएका छन्

। तर अहिलेसम्म चोरी भएका गहनाको विषयमा कहिँकतैबाट जानकारी नआएको दुबै जनाको गुनासो छ। थापाले आफ्नो श्रीमतीले कडा मेहनत गरेर आर्जन गरेको गरगहना चोरी भएको भन्दै प्रहरीले खोजीकार्यमा खासै वास्ता नगरेको गुनासो समेत गरेका छन्।

चर्चामा

सम्बन्धित समाचार