शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • राजनीति
  • नागरिक उन्मुक्ति पार्टीको नेतृत्व चयन प्रक्रिया सुरू- निर्वाचन कार्यक्रम सार्वजनिक

नागरिक उन्मुक्ति पार्टीको नेतृत्व चयन प्रक्रिया सुरू- निर्वाचन कार्यक्रम सार्वजनिक

  • शुक्रबार, पुस २७, २०८०
नागरिक उन्मुक्ति पार्टीको नेतृत्व चयन प्रक्रिया सुरू- निर्वाचन कार्यक्रम सार्वजनिक

कैलाली — कैलालीको टीकापुरमा जारी नागरिक उन्मुक्ति पार्टीको महाधिवेशनमा निर्वाचन प्रक्रिया सुरू भएको छ । सर्वसम्मतको प्रयास जारी नै राखेर निर्वाचन प्रक्रिया सुरु गरिएको प्रमुख निर्वाचन अधिकृत सरोज बुढाथोकीले जानकारी दिए ।

हिजो रातिबाट सुरू बन्द सत्र बिहान ५ बजे सकिएको थियो । त्यसपछि सहमतिको प्रयास गरिए पनि केही पदमा आकांक्षी बढी देखिएका छन् । निर्वाचन तालिकाअनुसार अहिले मतदाता नामावली प्रकाशित गरिएको छ ।

छुटेका मतदाताको नामावली उल्लेख गर्ने र उजुरीको समय ११ बजे सम्मलाई तोकिएको थियो । सवा ११ सम्म छानबिन र कारबाही गर्नै र त्यसपछि अन्तिम नामावली प्रकाशन गर्ने, १२ बजेदेखि उम्मेदवारी दर्ता , सवा १२ मा उम्मेदवारहरूको सूची प्रकाशन गरिने छ ।

उम्मेदवारी फिर्ता लिने र निर्विरोध भए १ बजे घोषणा गर्ने साथै एकभन्दा बढी उम्मेदवारीमा पौने २ बाट मतदानको समय तोकिएको छ ।

चर्चामा

सम्बन्धित समाचार